हिमालयन बैंकद्धारा हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमलाई सहयोग



काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तथा बैंकको २५औं वार्षिकोत्सवको सन्दर्भमा नागार्जुन न.पा. सीतापाईला, आदेश्वरस्थित हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमका वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।

बैंकले सो चिल्ड्रेन होमका २१ जना बालबालिकाहरुलाई लुगा (ट्रयाक सुट) तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, विस्कुट आदि) प्रदान गरेको हो ।

देशका विभिन्न स्थानका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय दिइरहेको छ ।

बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले सहयोग सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।


क्लिकमान्डु