अग्नि मोटो इन्कको “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” योजनाका बम्पर विजेता घोषणा



काठमाडौं । महिन्द्रा टु ह्वीलरको आधिकारीक वितरक अग्निमोटो इन्कले संचालन गरेको “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” योजनामा कल्पना दाहाल तथा मन्जु खरेलले थाईल्याण्ड भ्रमणको बम्पर पुरस्कार जितेका छन् ।

उनीहरुका परिवारले ५ दिन ४ रातको प्याकेज सहित बैंकक भ्रमण गरेको कम्पनीले जानकारी दिएको छ ।

दसैं, तिहार तथा छठ चाडपर्वको अवसरमा “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” योजना प्रस्तुत गरिएको योजना अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइएको थियो भने बम्परमा २ परिवारलाई थाइल्याण्डको भ्रमण गर्ने अवसर प्रदान गरिएको थियो ।

सो लक्की ड्रको घोषणा महिन्द्रा टु ह्वीलरको अफिसियल फेसबुक पेजबाट गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु