केसी पक्राउको विरोधमा बाबुरामदेखि रविन्द्रसम्म हेर्नुस् (फोटो-फिचर)



काठमाडौ । डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोध जुलुसमा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई देखि बिवेकसिल साझा पार्टी सहसंयोजक रविन्द्र मिश्रसम्म सहभागि भएका छन् । विरोध जुलुस तथा धर्ना कार्यक्रम गरिएको माइतिघर मन्डलामा सयौको संख्यामा सर्वसाधारण समेत सहभागि भएका छन् ।
डा गोविन्द केसीलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो। सर्बोच्च अदालतले अवहेलनाको मुद्दामा डा केसीलाई पक्राउ गर्ने फैसला सोमबार साझ सुनाएको थियो ।

 

अदालतले पक्राउ गर्न फैसला सुनाएपछि प्रहरीले केसीलाई टिचिङ अस्पतालबाट पक्राउ गरेको थियो । सिंहदरबार वृत्तमा राखिएको केसीलाई अहिले केही समयपछि सर्वोच्च अदालत हाजिर गराईदै छ । केसी प्रहरी बृत्तमै पनि अनसन जारी राखेका छन् ।

आइतबार सर्बोच्च अदालतले ४ वर्ष अगाडि त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन शास्त्रको डिनमा नियुक्त भएका शशी शर्मालाई पुनरबहाली गर्ने फैसला सुनाएको थियो ।

शर्मालाई पुर्नरबहाली गर्ने फैसला सुनाएपछि केसीले सर्बोच्च अदालतका प्रधानमन्यायधीश गोपाल पराजुली विरुद्ध अनसन सुरु गरेका थिए ।

 


क्लिकमान्डु