छोराले बुबालाई विदेशबाट टिभी ल्याउदै छु घरमा डिसहोम जोड्नु भनेपछि…



काठमाडौं । विदेश बसेर २ बर्ष कामगरेपछि घर आउँदा टेलिभिजन बोकेर नेपाल आउनेहरुको संख्या निकै ठूलो रहेको छ ।

कृष्णबहादुर खड्का हाल साँखुमा बस्छन् । उनि कतारबाट मंसिर १७ गते काठमाडौं आएका हुन् । उनले ३२ इन्चको सोनी टेलिभिजन करिब ३२ हजार नेपाली रुपैयाँ खर्चेर कतारमा किनेका थिए ।

आफु घर आउँदा टेलिभिजन ल्याउन लागेको र घरमा डिसहोम ल्याएर जोड्न उनले आफ्ना बुबालाई टेलिफोनमा भने । छोराले टिभी ल्याउन लागेको भन्दै मंसिर १५ गते बुबाले साँखु बजारबाट डिसहोम किनेर ल्याई घरमा जडान गराए ।

छोरा घर आइपुगेपछि टिभी बक्सबाट खोलियो, हेर्दा टिभीको स्कृन पूर्णरुपमा फुटेर काम नलाग्ने अबस्थामा पुगेको रहेछ ।

एक भेटमा कृष्णबहादुरले सुनाए ‘२ महिना काम गरेको सबै पैसा खेर गयो, बनाउन लगेको १८ हजार लाग्छ भन्यो ।’

गौशाला चोकमा धनुषा जाने बसको टिकट काउन्टरमा भेटिएका मनोज साह भन्दै थिए ‘टिभी किनेर मलेसियाबाट ल्याए एयरर्पोटमा सामान फालेर फुटाई दिएछ ।’

उनले अगाडी थपे ‘यसअघि साथीको लागी ४ वटा टिभी ल्याईदिए कहिल्यै फुटेन आफ्नै घरको लागि ल्याउदा यस्तो भयो ।’ उनले सामसङ कम्पनीको ३२ इन्चको टेलिभिजन किनेका रहेछन् । करिब नेपाली ३० हजार रुपैयाँमा ।

यी त प्रतिनिधि पात्रमात्र हुन् । यसरी बिदेशबाट कामगरेर र्फकदा टेलिभिजन ल्याउने धेरै भेटिन्छन् विमानस्थल बाहिर । हरेकले कि साथीहरुको लागि वा आफ्नै घरको लागि टेलिभिजन ल्याउने गरेका छन् ।

यसरी उनिहरुले मेहेनतको कमाइले लिएर आउने टेलिभिजन कथंकदाचि फुटेको खण्डमा उसको सम्पूर्ण लगानी खेरजाने छ । ल्याएको केहि समयमा नै टेलिभिजन बिग्रेमा त्यसको वारेन्टी वा ग्यारेन्टी केहिपनि नहुने हुँदा त्यसले आर्थिकभार थप्दै लाने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ३०० को हाराहारीमा टेलिभिजन नेपाल भित्रने गरेको छ । यसरी टेलिभिजन भित्रदा त्यसको सुरक्षाको बिषयमा ल्याउने मानिस सजग नहुँदा उसले काम गरेर दुःखले कमाएको पैसा त्यसै खेरजाने गरेको छ ।

नेपालमा नै टेलिभिजन किन्दा पनि उताबाट ल्याउँदा भन्दा करिब ४ देखि ८ हजार रुपैयाँसम्म फरक पर्छ । तर, यहाँ किनिएको टिभीमा वारेन्टीसहित सर्भिस सुविधा हुन्छ भने उताबाट ल्याउने टिभीमा यस्तो सुविधा हुदैन ।

नेपालमा टेलिभिजन उत्पादन
सिजी इलेक्ट्रोनिक्सले सिजी, एलजी, तोसिवा, टिसिएल ब्राण्डका ४२ इन्चसम्मका टेलिभिजन यहाँ नै एसेम्बल गरिरहेका छन् । त्यस्तै हिम इलेक्ट्रोनिक्सले हिमस्टार र सामसङका ४२ इन्चसम्मका टेलिभिजन एसेम्बल गरिरहेका छन् । ज्योति ग्रुपले पानासोनी, नेपाहिमा ट्रेडलिङकले सोनीको एसेम्बल र बिक्री बितरण गर्दै आइरहेका छन् ।

सार्प, भिडियोकोन, कोनकालगायत २० भन्दा बढी ब्राण्डको टिभी नेपाली बजारमा पाउन सकिन्छ ।

नेपालमा टिभी कल्चरको सुरुवात
आजकाल टेलिभिजन मानिसको दैनिकीसँग जोडिएको छ । ३० बर्ष अगाडी जसरी टिभी हेर्ने भनेपछि धेरै जसो नेपालीको कल्पना बाहिरको कुरा थियो । अहिले नेपाली दुर दराजमा टेलिभीजनको पहुँच पुगेको छ ।

२०४८ सालपछि नेपालीहरु विदेशमा कामको शिलसिलामा जान थालेसँगै नेपालमा टेलिभिजनको बजार बिस्तार भएको पाईन्छ । अहिले नेपालमा नै टेलिभिजन च्यान स्थापनाको होड्वाजी चलिरहेको छ । करिब २० वटा नेपाली च्यानलहरुले प्रशारण गरिरहेका छन् । बिदेशी करिब १५० वटा च्यानल नेपालमा प्रशारण हुने गरेका छन् ।

पछिल्लो समय डिटिएच सेवा सुरु भएसँगै नेपालको कुना कुनामा टेलिभिजनको पहुँच बिस्तार भएको छ ।


क्लिकमान्डु