सिजीको एलइडी टिभीमा ३ बर्ष वारेन्टी



काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले एलइडी टिभीमा ३ बर्षको वारेन्टी दिन सुरु गरेको छ । कम्पनीले उपभोक्तामा ब्राण्ड विश्वास कायम राख्नका लागि ३ बर्षको वारेन्टी दिइएको जनाएकोे छ ।

योजना सिमित अवधिको लागि सम्पूर्ण एलइडी टिभीमा लागू गरिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अन्य उत्पादनमा पनि वारेन्टीको अवधि बढाउँदै लैजाने कम्पनीको योजना छ ।


क्लिकमान्डु