क्रिष्टल ब्राण्डका विद्युतीय उत्पादन नेपाली बजारमा




काठमाडौं । गोल्छा ग्रुप अन्तरगतको आरके गोल्छा ग्रुपले क्रिष्टल इलेक्ट्ीकका विद्युतीय उत्पादनहरु नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ ।

ग्रुपलले बुधबारदेखि आरिहान्त कमर्शियलले क्रिष्टल इलेक्ट्रीकको क्रिष्टल स्वीचगियर्सको बिक्रीबितरण सुरु गरेको हो ।

ग्रुपले एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएको हो । त्यसै गरी क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रीव्यूसन बोर्ड लगायतका उत्पादन बजारमा भित्रिएको छ ।

हाल बजारमा पाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय रहेको आरिहान्त कमर्शियलका महाप्रबन्धक विजयकुमार रायले दाबी गरे । उनले छोटो समयमा नै आफ्ना उत्पादनहरु उच्च गुणस्तरका कारण नै लोकप्रिय बन्ने विश्वास समेत व्यक्त गरे ।

साथै कम्पनीले क्रिष्टल ब्राण्डको नयाँ प्रविधिको ट्रान्सफरमर बजारमा ल्याएको छ । सिएसपि(कम्लिट सेल्फप्रोटेक्सन) प्रविधिकायी साधानले विद्युत महशुल न्युनिकरण सहयोग गर्छ र ट्रान्सफरमरको आयु समेत बढाउछ ।


क्लिकमान्डु