युएम बाईकको दसैं तिहार फेस्टिभ स्किमको भाग्यशाली बिजेता घोषणा



काठमाडौं । आइएमई अटोमोटिभ्स् प्रा.लि द्वारा युएम मोटर साइकलको दसैं तिहार फेस्टिभ स्किम “खरिद मा छुट पक्का, बम्पर मा छुट्टी पक्का“ अफरको एक भाग्यशाली बिजेता समीर श्रेष्ठ चयन भएका छन् ।

युएम मोटरसाइकलको काठमाडौँ जमल (नाचघर) स्थित शोरुममा सोमबारका दिन एक कार्यक्रमका बीच हास्य अभिनेता किरण के सीले बिजेताको नाम लक्की ड्र मार्फत घोषणा गरेका थिए । भाग्यशाली बिजेता श्रेष्ठले सिंगापुर टुर प्याकेज प्राप्त गरेका छन् ।

यसै अवसरमा यु एम मोटर साइकलले नेपाल भरि लागु हुने गरि न्यु ईयर स्पेसल स्किममा प्रत्येक युएम बाइकको खरिदमा १२ हजार रुपैयाँसम्म छुटको घोषणा पनि गरेको छ । यो स्किम ३१ जनवरी २०१८ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ ।

आइ एम इ अटोमोटिभ्स प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, फाइनान्स कन्ट्रोलर दामोदर खनाल, टु व्हीलर डिविजन हेड उज्वल जोशी लगायत कम्पनिका अन्य टिम मेम्बरहरु पनि उपस्थित थिए ।

‘हाम्रो ध्यान बिक्रिपछिको सेवामा मुख्यत् केन्द्रित रहेको छ, त्यसको लागि देशभरि आफ्नै शाखा कार्यालय, डिलर तथा अथोराईज्ड पार्ट्स नेटवर्कबाट ग्राहकलाई पार्ट्स र सर्विस सुबिधा दिँदै आएका छौँ । हालै मात्र भित्रिएका यु एमका भारतीय मोडलहरुले पनि ग्राहकहरुको राम्रो प्रतिक्रिया पाउन सफल भएका छन्,’ प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले भने ।


क्लिकमान्डु