एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टका ग्राहकहरुका लागि मोबाइल सर्विस भ्यानको सुरुवात




काठमाडौं । आइएमइ ग्रुप अन्तर्गतको भगिनी संस्था आएएमइ अटोमोटिभ्सले मोबाइल सर्विस भ्यानको सुरुवात गरेको छ । कम्पनीले एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टका ग्राहकहरुको सुबिधालाई वृद्धि गर्न मोबाइल सर्विस भ्यानको सुरुवात गरेको जानकारी दिएको छ ।

कम्पनीले ब्रान्च अफिस तथा डिलर शाखाहरु मार्फत सेल्स, सर्विस, र पार्ट्सको सुबिधा ग्राहकमाझ पुर्याई रहेको छ । बिक्रि पछि सर्वसुलभ तरिकाबाट ग्राहकलाई सेवा दिनका लागि मोबाइल सर्विस भ्यानको सुरुवात गरिएको कम्पनीले जनाएको छ । यसै उद्देश्यलाई कार्यान्वयन गर्दै मोबाइल सर्विस भ्यानको सुरुवात हेवी इक्विपमेन्ट डिभिजनमा पनि गरेको कम्पनीको भनाई छ ।


क्लिकमान्डु