राजधानीबासीलाई ‘न्यू इयर इभ’ मनाउन यी स्थान उपयुक्त हुन सक्छन्




काठमाडौं । आज मध्यरातबाट अंग्रेजी नयाँ वर्ष सन् २०१८ को सुरु हुदैछ । पछिल्लो समय नेपालीहरु पनि अंग्रेजी नयाँ वर्षमा रमाउने गरेका छन् । नयाँ वर्ष २०१८ को स्वागत गर्न ‘न्यू ईयर इभ’ मनाउने गरेका छन् ।

अंग्रेजी नयाँ बर्ष मनाउन धेरै नेपाली काठमाडौं छोडेर बाहिर घुम्न समेत निस्केका छन् । कोही जाने तयारीमा रहेका छन् । काठमाडौंमा हुनेहरु कहाँ जाने ‘न्यू ईयर इभ’ मनाउन भन्ने दोधारमा पनि हुनसक्छन् । अंग्रेजी नयाँ वर्षमा घुम्नका लागि नेपालमा पनि थुप्रै उपयुक्त गन्तव्यहरु रहेका छन् ।

ठमेल
पर्यटकीय शहरको उपमा पाएको ठमेल आज रातभर जाग्नेछ । जहाँ रेष्टुरेन्ट, डान्सबार तथा क्लवहरु रातभर खुल्ने छन् । जसको लागि गृहमन्त्रालयले अनुमति समेत दिइसकेको छ । त्योसंगै दरबार मार्ग तथा ललितपुरको झम्सिखेलमा समेत जान सकिन्छ । ठमेलमा होटल तथा रेष्टुरेन्टहरुले नेपालीहरुको लागि प्याकेज समेत दिइरहेका छन् । अधिकांस होटल तथा रेष्टुरेन्टहरुले नेपाली परिवारलाई प्याकेज दिएका छन् । जहाँ गएर परिवार सहित तथा साथीहरुसंग रमाउन सकिन्छ । तपाई ठमेलमा थोरै बजेटमा पनि मज्जाले रमाउन सक्नु हुन्छ ।

ककनी
नुवाकोट जिल्लामा पर्ने ककनी पनि काठमाडौंबाट नजिकैको ठाउँ घुम्न जानेका लागि उपयुक्त मानिन्छ । नजिकैबाट हिमालको आकर्षक सौन्दर्य नियाल्नका लागि यो उपयुक्त समय हो । ककनीबाट गणेश, गौरीशंकर, मनास्लु, चोबा भामरे, हिमचुली, अन्नपूर्णलगायतका हिमाल देख्न सकिन्छ । आज रातमा ककनी गएर बस्ने र भोलिपल्ट हिमालको अवलोकन गरेर फर्कन सकिन्छ । जहाँ खान बस्नको राम्रो प्रवन्ध होटल तथा रेष्टुरेन्टहरुले गरेका छन् ।

नगरकोट
अफिसको काम सकेर पनि जान सकिने स्थान नगरकोटमा नयाँ वर्षमा आन्तरिक र बाह्य दुवै पर्यटकहरुको भिड लाग्ने गर्दछ । काठमाडौंबाट नजिक तथा प्रसस्त होटल तथा रेष्टुरेन्टहरु भएकोले पनि नगरकोट ‘न्यू ईयर इभ’ मनाउन उपयुक्त थलो आन्तरिक र बाह्य दुवै पर्यटकहरुको भिड लाग्ने गर्दछ । काठमाडौंबाट नजिक तथा प्रसस्त होटल तथा रेष्टुरेन्टहरु भएकोले पनि नगरकोट ‘न्यू ईयर इभ’ मनाउन उपयुक्त थलो हुन सक्छ । रातभर रमाइलो गरेर सुर्योदयलाई स्वागत गर्दै हिमालय श्रृंखलाको अवलोकन गर्न समेत सकिन्छ ।

धुलिखेल
काठमाडौंबाट नजिक रहेकोले पनि नयाँ वषको इभ मनाउन धुलिखेल उपयुक्त गन्तव्य हुन सक्छ । जसको लागि विदेशी र आन्तरिक पर्यटकहरु आज धुलिखेल जाने गर्दछन् । धुलिखेलमा रहेका रेष्टुरेन्ट तथा होटलहरुले पनि नयाँ वर्षको लागि नयाँ नयाँ प्याकेज दिइरहेका छन् । जसमा थोरै रकम खर्च गरेर पनि नयाँ वर्षको स्वागत गर्न सकिन्छ ।

नमोबुद्ध
हेर्दा तिब्बती सहरजस्तो लाग्ने काभ्रेपलाञ्चोकको नमोबुद्ध पनि घुम्नका लागि उपयुक्त ठाउँ मानिन्छ । डाँडाको टुप्पोमा गुम्बा अनि बौद्ध कलाले सजिएका घरहरू प्रष्टै देख्न सकिन्छ । नमोबुद्ध डाँडाबाट पनौती, बनेपा र धुलिखेलसँगै हिमश्रृंखला र पूर्वउत्तरमा भकुण्डेबेसी तथा पाँचखालको फाँटको सुन्दर दृश्य देखिन्छ ।

बल्थली
काठमाडौंबाट नजिकैको दूरीमा रहेको बल्थली धुलो धुवाँ र कोलाहलबाट मुक्त रहेको छ । खुल्ला ठाउँबाट देखिने निलो आकाश, सेता थुम्का परेका वादल र हरिया तरेली परेका फाँट यहाँबाट प्रष्टै रुपमा देख्न सकिन्छ । बल्थलीमा राम्रा होमस्टेहरु रहेका छन् ।

काठमाडौंबाट ४२ किलोमिटर टाढा रहेको बल्थली पुग्न धेरै समय लाग्दैन । हाइकिङ पारखीहरु नमोबुद्धमा भीरपाखा छिचोल्दै बल्थली पुग्न सक्छन् ।

राजधानी बाहिर जानेको लागि उपयुक्त गन्तव्यहरु
पोखरा
प्रत्येक नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने गरेको छ । यसवर्ष पनि पोखरा १९ औ सडक महोत्सवमा झुमिरहेको छ । नेपालमा पोखरालाई पर्यटकको राजधानीकै रुपमा चिनिन्छ । यहाँ विदाका विभिन्न समयमा पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रसिद्ध मानिन्छ । पोखराको सबैभन्दा आकर्षण भनेको नै यहाँको प्राकृतिक सुन्दरता नै हो । यहाँको फेवाताल सबैभन्दा परिचित छ । पोखराबाट माछापुच्छ्रे हिमालसमेत आँखैअगाडि देख्न सकिन्छ ।

पोखरामा घुम्नका लागि आकर्षक ठाउँहरुमा डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरे गुफा, बेगनास ताललगायतका विभिन्न मनमोहक ठाउँहरु रहेका छन् । यहाँको सराङकोट अर्को आकर्षकको रुपमा परिचित छ । अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला जस्ता अनेकौँ प्राकृतिक सम्पदाको अवलोकन यहीँबाट गर्न सकिन्छ ।

कालिन्चोक
दोलखाको सदरमुकाम चरिकोटबाट पदयात्रा गरेर पनि कालिन्चोक पुग्न सकिन्छ । चरिकोटबाट केही समयको यात्रापछि कालिन्चोक भगवतीको मन्दिर पुगिन्छ । यो ठाउँ हिन्दु धर्मावलम्बीहरुका लागि पनि प्रसिद्ध मानिन्छ । कालिन्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिम शृंखला, गौरीशंकर हिमालबाट देखिने सूर्योदय अवलोकन गर्न सकिन्छ । हिउँ खेल्न मन पराउनेहरू मंसिरदेखि माघसम्म यो ठाउँको पदयात्रा गर्न सक्छन् ।

चितवन
चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुका लागि अर्को आकर्षणको केन्द्रबिन्दु हो । विशेषगरी वाइल्ड लाइफप्रति अभिरुची भएका पर्यटकहरुका लागि यो ठाउँ उपयुक्त मानिन्छ । यहाँ नेपालमा मात्र पाइने एकसिंगे गैंडासँगै विभिन्न प्रजातिका जंगली जनावर तथा पछीहरुको अवलोकन गर्न सकिन्छ । जंगल सफारीका लागि सौराहा प्रसिद्ध मानिन्छ ।
चितवन राष्ट्रिय निकुञ्जका लागि मात्र नभई समाज र सांस्कृतिक विशेषताका लागि पनि प्रख्यात मानिन्छ । यहाँको थारु संस्कृतिको अवलोकन गर्न पनि निकै रमाइलो हुने गर्छ । त्यसैले चितवन पनि घुम्नका लागि अर्को आकर्षक स्थान हो ।

लुम्बिनी
गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको प्रसिद्ध धार्मिकस्थल हो । लुम्बिनी स्वदेशी तथा विदेशी दुवै पर्यटकका लागि उत्तिकै प्रसिद्ध मानिन्छ । बौद्ध दर्शन अध्ययन अनुसन्धान गर्नेहरुका लागि पनि लुम्बिनीलाई महत्वपूर्ण गन्तव्यस्थलका रुपमा लिन सकिन्छ ।

लुम्बिनीको मुख्य आकर्षण केन्द्रबिन्दु मायादेवी मन्दिर हो । मन्दिर परिसरमा अशोक स्तम्भ र यहाँको पवित्र पोखरीले यसको सौन्दर्यतामा अझ रौनकता थपिदिएको छ । मन्दिरभित्र ईसापूर्व पाँचौं शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष अवलोकन गर्न पाउनु जो कोहीका लागि दुर्लभ अवसर हो । धार्मिक तथा सामाजिक दृष्टिकोणले यो ठाउँ पर्यटकहरुका लागि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

कोसी टप्पु वन्यजन्तु आरक्ष
चरा अवलोकनका लागि नेपाल सबैभन्दा राम्रो ठाउँका रुपमा कोसी टप्पु आरक्ष लाई लिइन्छ । पूर्वी नेपालमा अवस्थित कोसी टापु र कोसी ब्यारेज क्षेत्रमा प्रवासी पानी कुखुरा र चराहरु हेर्न जाडो मौसम उपयुक्त हुन्छ । अन्यत्र ठाउँमा नपाइने प्रजातिका चराहरू यहाँ देख्न सकिन्छ । यो समयमा यहाँ भ्रमण गर्दा विभिन्न किसिमका चराहरु अवलोकन गर्न पाइन्छ । नयाँ वर्षका घुम्नका लागि यो पनि उपयुक्त ठाउँका रुपमा लिन सकिन्छ ।

भेडेटार
पूर्वाञ्चलका उत्कृष्ट गन्तव्यमा धनकुटाको भेडेटार पनि पर्ने गरेको छ । १ हजार ४ सय ३० मिटर उचाइमा रहेको यो ठाउँ मनोरम दृश्यावलोकनका लागि पूर्वी हिमाली भेगको सुन्दरता नियाल्नका लागि पनि हो ।

भेडेटारको भ्यू टावर यस्तो स्थान हो जहाँबाट सप्तकोसीको मनोरम दृश्य, पूर्वी तराईका फाँटहरू साथै मकालु, कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमशृंखला एकैपटक हेर्न सकिन्छ । अझ अलिकति समय निकालेर घुम्न निस्कनेका लागि भेडेटारसँगै धनकुटा, वसन्तपुर तथा हिले पनि घुम्न सक्छन् । तेह्रथुम, संखुवासभा र धनकुटाको संगमस्थल तिनजुरे मिल्के पनि उपयुक्त स्थान हुन सक्छ ।


क्लिकमान्डु