सन् २०१७ मा टोयोटाले बेच्यो १ करोड ३ लाख कार, यस्तो छ आगामी बर्षको लक्ष्य



काठमाडौं । टोयोटाले १ करोड ३ लाख ५० हजार सवारी बिक्री गरेको छ । यसका साथसाथै आगामी वर्षको बिक्री यो भन्दा बढी हुने अपेक्षा कम्पनीले गरेको छ । यो वर्षको बिक्री अघिल्लो वर्षको तुलनामा २ प्रतिशत बढी हो ।

गत साता घोषणा गरिएको यो संख्याले जापानी कम्पनीलाई गत वर्षको पहिलो नम्बरको फक्सवागनको हाराहारीमा पुर्याएको छ । गत वर्ष फक्सवागनले १ करोड ३ लाख सवारी बिक्री गरेको थियो ।

उक्त बिक्रीका साथ फक्सवागन गत वर्ष टोयोटा र अमेरिकी अटो निर्माता जनरल मोटर्सलाई उछिन्दै बिक्रीका आधारमा विश्वकै पहिलो नम्बरको सवारी भएको थियो ।

गत वर्ष टोयोटाले विश्वभरि गरेर झन्डै १ करोड २ लाख सवारी बिक्री गरेको थियो । आगामी वर्ष १ करोड ४ लाख ९५ हजार सवारी बिक्री हुने अपेक्षा टोयोटाले गरेको छ ।

जापानको निसान र फ्रान्सको रिनाउल्ट एसए गठबन्धन निशान-रेनोले पनि यो वर्षको सुरु अर्धवार्षिक अवधिमा सर्वाधिक बिक्री गरेको थियो । तर, जापानी प्लान्टमा निरीक्षण अनियमितताका कारण बिक्रीमा केही समस्या देखा परेको थियो । निसानले ठूलो परिमाणमा सवारी फिर्ता गरेको छ । भने यो काण्डले बिक्री पनि ओरालो लागेको छ ।

अन्य अटो निर्माताहरुले हालसम्म पनि यो वर्षको बिक्री संख्याका बारेमा सार्वजनिक गरेका छैनन् । टोयोटाका कार्यकारीहरुले बारम्बार बिक्रीका आधारमा पहिलो हुने कम्पनीको इच्छा नभएको बताउँदै आएका छन् । बिक्रीका आधारमा ठूलो हुने प्रयास पनि राम्रो नभएको उनीहरुले बताएका छन् ।

प्रतिस्पर्धाको अवस्था अमेरिका र युरोपजस्ता प्रमुख बजारमा मात्रै नभई नयाँ बजारहरू चीन र भारतमा पनि हुदैँ आएको छ । आगामी वर्षहरुमा यी बजारमा वृद्धि आश्चर्यजनक हुने देखिएको छ ।

जापानमा बिक्री १० प्रतिशतले भएको टोयोटाले जनाएको छ । विदेशमा भने यो वर्ष १ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

क्यामरी सेडान, प्रिअस हाइब्रिड र लेक्सास विलासी मोडलको निर्माता आगामी वर्ष जापानमा हुने वृद्धिमा आशावादी छैन । अगामी वर्ष जापानमा हुने बिक्रीमा ५ प्रतिशतको गिरावट आउने अपेक्षा फर्मले गरेको छ । जापान बाहिरको बिक्री भने लगातार वृद्धि हुने फर्मको अपेक्षा छ ।


क्लिकमान्डु