फेसन-शोमा झुम्यो जुत्ता मेला, र्याम्पमा मोडल र फ्लोरमा ग्राहक खुसी (फोटो-फिचर)



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी १४ औं औद्योगीक प्रदर्शनीको अवसरमा फेसन शो आयोजना गरिएको छ । मोडलहरुले नेपाली ब्राण्डका जुत्ता चप्पलहरुको साथमा र्याम्पमा क्वाटवाक गरेका छन् । उक्त फेसन शो मेला प्रदर्शनी स्थलमानै आयोजना गरिएको हो ।

मेलामा आएका हजारौ आगन्तुकहरुले फेसन शो अवलोकन गरेका थिए । प्रदर्शनी पुस १३ गतेदेखि सुरु भएको हो । प्रदर्शनीमा स्वदेशी छाला जुत्ता तथा वस्तु उत्पादकहरुको सहभागीता रहेको छ । प्रदर्शनी मुख्यत नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल रहेको छ ।

प्रदर्शनीलाई सर्वसाधारण देखि सभासद, नेपाल सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पुर्वमन्त्री समेतले अवलोकन गरेका छन् ।

मेलामा कुल १३५ स्टल रहेका छन् भने छालाजन्य वस्तुका दुई र अन्य जुत्ता तथा चप्पलका स्टल रहेका छन् । यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ को सहयोग रहेको छ ।

आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग भन्ने नाराका साथ सुरु यस प्रदर्शनीलाई करिब एक लाखले अवलोकन गर्नेे आयोजकको अपेक्षा छ । मेला पुस १८ गतेसम्म चल्नेछ ।


क्लिकमान्डु