टिभिएसको जुपिटर क्लासिक नेपाली बजारमा, दुई मोडमा चलाउन सकिने



काठमाडौं । टिभिएस मोर्टसको नेपालको लागि आधिकारी वितरक जगदम्बा मोर्टस्ले टिभिएसको उत्पादन ‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एभरेष्ट प्रिमियर लिगको फाइनल म्याचको दौरान यसको सार्वजनिक गरेको हो ।

एभरेष्ट प्रिमियर लिगको फाइनलमा भैरहवा ग्लाडिएटर र बिराटनगर वारियर बिच खेल भएको थियो । टिभिएस एभरेष्ट प्रिमियर लिगको मुख्य प्रायोजक रहेको थियो । टिभिएसले जुपिटर क्लासिक एडिसनमा थुप्रै फिचरहरुको अपग्रेड गरेको छ भने, यसले ग्राहकको चाहनालाई पुरा गर्ने हामीले विस्वास लिएको कम्पनीको दाबी छ ।

टिभिएस जुपिटर क्लासिकको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्टफुल क्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जाना बस्न मिल्ने सिट लगायतका सुबिधा छन् ।

‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ सावजनिक गर्दै शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रावालले भने, ‘टिभिएस जुपिटर क्लासिकले भारतीय बजारमा सनसनी पूर्ण उपलब्धि हाँसिल गरेको छ । हामीलाई विस्वास छ नेपाली बजारमा समेत त्यस्तै सफलता पाउने छौं ।’

यसमा कभर स्टाइल, व्यवहारिकपन र मूल्य यसको खास बिषेशता हो । ‘टिभिएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जन जडान भएको छ ।

यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ । इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुने कम्पनीको दाबी छ ।


क्लिकमान्डु