नेपाली बजारमा शुद्धपानीको लागि आयो जर्ज फिस्चर पाइपिङ सिस्टम्स



काठमाडौं । जर्ज फिस्चरले आफ्नो उत्पादनको नयाँ संस्करण नेपालमा सार्वजनिक गरेको छ । आफ्नो आधिकारिक बितरक सञ्चेतीट्रेड लिङ्कले जर्ज फिस्चरका नयाँ रेञ्जको उत्पादन नेपालमा ल्याएको हो ।

जर्ज फिस्चर पाइपिङ प्रणाली इलेक्ट्रोफ्यूजनपीई १०० फिटिङ्सको वृहत रेञ्ज, मेजरमेन्ट इन्स्टुमेन्ट्स र थुप्रै प्रोडक्टहरुमा एउटा नमुना भएको आयातकर्ताको दाबी छ । पानी तथा ग्यासको सुरक्षित प्रवाहका लागि यो उत्कृष्ट उत्पादन रहेको कम्पनीको दाबी छ ।

जर्ज फिस्चरका युटिलिटी हेड केतनशाह भन्छन्, ‘पानीको स्रोत निकै सीमितहुँदै गएको अहिलेको समयमा हामीले सावधानि पूर्वक यस महत्वपूर्ण स्रोतको उपयोग गर्नुपर्छ । पानीको अभावको मुख्य कारण भनेको असमानवितरण र शुद्ध पानीको सीमित आपूर्ति हो । यो शताब्दीमा शुद्ध पानीको आपूर्ति गर्ने कुरा निकै जटिल चुनौति बनेको छ ।’

जर्ज फिस्चर पाइपिङ सिस्टम्स, थर्मो-प्लाष्टिक पाइपिङमार्फत पानीको स्थिर आपूर्तिको पूर्ण समाधान दिने एक अग्रणी उत्पादक हो । विश्वभर पानी संरक्षणका चुनौतिहरु सम्बोधनगर्न सक्ने र आफ्ना उपभोक्ताहरुलाई एकीकृत समाधान तथा सेवा दिन सक्ने एक मात्रै उत्पादक जर्ज फिस्चर रहेको कम्पनीको दाबी छ ।


क्लिकमान्डु