सिभिल बैंकले मुद्दती खातामा १२.२२% ब्याज दिने



काठमाडौं । सिभिल बैंक लिमिटेडले २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज दिने भएको छ । बैंकले यस अघि देखिनै शुन्य मौज्दातको बचत खातामा ८.५० प्रतिशत वार्षिक व्याजदर दिदै आएको छ ।

यस नयाँ योजनाले ग्राहकहरु लाभान्वित हुनुका साथै अन्य बैंकहरुको तुलनामा उच्चप्रतिफल प्रदानगर्ने कुरा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । आगामी दिनमा सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई यस्तै नयाँ नयाँ योजना अघि सार्नेसमेत उनले जानकारी दिए ।


क्लिकमान्डु