बैंकका संचालक र सिइओको ‘कुलिङ’ अबधि ६ महिना, मनपरी बिदेश भ्रमण गर्न नपाइने




काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संचालक वा प्रमुख कार्यकारी अधिकृतले एउटा बैंक छोडेपछि अर्काे बैंकको सोही पदमा वा संचालकबाट प्रमुख कार्यकारी अधिकृत वा प्रमुख कार्यकारी अधिकृतबाट संचालक बन्नको लागि ६ महिना कुर्नु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले संचालक र प्रमुख कार्यकारी अधिकृतलाई एउटा संस्था छोडेर अर्काे अर्काे संस्थाको सोही वा प्रमुख कार्यकारी अधिकृतबाट संचालक वा संचालकबाट प्रमुख कार्यकारी अधिकृत पदमा जागिर खान ६ महिना कुर्नै पर्ने नीतिगत ब्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सबै प्रकारका बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संचालकले अर्काे संस्थाको सोही वा संचालक बन्नको लागि ६ महिनाको ‘कुलिङ’ अबधि राख्नुपर्ने नीतिगत ब्यवस्था गरेको राष्ट्र बैंक स्रोतले जानकारी दियो ।

राष्ट्र बैंकको यस्तो निर्णय पछि बाणिज्य बैंक, विकास बैंक फाइनान्स कम्पनी र लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत वा संचालक समिति सदस्यले ६ महिना काम नगरी बसेपछि मात्रै अर्काे बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत वा संचालक बन्न पाउने छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट अबकाश पाएका ब्यक्तिहरुले भने ३ बर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा जागिर खान नपाउने नीतिगत ब्यवस्था छ । राष्ट्र बैंकले गरेको यो ब्यवस्था आफ्ना अवकाश प्राप्त कार्यकारी अधिकृतकोभन्दा खुकुलो हो ।

यस्तो ब्यवस्थाले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पद छोडेर सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न लागेका अनिल शाहको तत्काल जागिर खाने धोको भने अधुरै रहने भएको छ ।

यो ब्यवस्था जुनसुकै कारणले प्रमुख कार्यकारी अधिकृत (सिइओ) वा संचालकबाट हटेर अर्काे संस्थामा जाने ब्यक्तिहरुको हकमा लागू हुने राष्ट्र बैंकको भनाइ छ ।

यस्तो ब्यवस्था अहिले नियुक्त नभैसकेका ब्यक्तिहरुको हकमा पनि लागू हुने राष्ट्र बैंक स्रोतको भनाइ छ । यस्तो ब्यवस्थाले मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत पद छोडेर सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न लागेका अनिल शाहको तत्काल जागिर खाने धोको भने अधुरै रहने भएको छ ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संचालक र प्रमुख कार्यकारी अधिकृतलाई मनपरी विदेश भ्रमणमा पनि अंकुश लगाएको छ । अबदेखि बिदेश भ्रमण गर्नुपरेमा मितब्ययी खर्चमा भ्रमण गर्ने कार्यविधि आगामी चैत मसान्तसम्ममा बनाइ स्वीकृत गराएर लागू गर्न पनि सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिने राष्ट्र बैंकको निर्णय छ ।


क्लिकमान्डु