सिभिल बैंकले खोल्यो थप दुई नयाँ शाखा



काठमाडौं । सिभिल बैंक लिमिटेडले लमजुङमा नयाँ दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ५४औं शाखाको रुपमा भुल्भुलेमा र ५५औं शाखाको रुपमा राइनासमा पुस ११ र १२ गतेबाट संचालनमा ल्याएको हो ।

सो शाखाहरुको समुद्घाटन नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले गरेका थिए । साथै उक्त शाखाहरुको उद्घाटन समारोहमा मस्र्याङदी गाँउपालिका अध्यक्ष अर्जुन गुरुङ, राइनास नगरपालिकाका अध्यक्ष सिंह बहादुर थापा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, नेपाली सेनाश्रीश्रीजंग गणका गणपतिप्रमुख सेनानी माधव थापालगायतको उपस्थिति रहेको थियो ।

नेपाल राष्ट्र बैंकको नीति अनुरुप स्थानियस्तरमा बित्तीय पहुँच पु¥याउन सिभिल बैंकले ग्रामीण भेग मस्र्याङदी गाँउपालिकाको भुल्भुले र राइनासनगरपालिकाको तीन पिप्लेमा शाखा संचालनमा नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले खुशी ब्यक्त गरे ।
‘सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन संगसंगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी आफ्ना सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।’


क्लिकमान्डु