प्राइम कमर्सियल बैंकको नयाँ शाखा दोलखाको मैनापोखरीमा



काठमाडौं । आफ्नो शाखा संजाल बिस्तारको क्रममा प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिका, मैनापोखरीमा नयाँ शाखा शुरु गरेको छ ।

यस शाखाको संचालन पछि बैकको शाखा कार्यालय संख्या ५३ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा मंगलवार एक समारोहका बीच बैंकका संचालक दिनेश श्रेष्ठले नयाँ शाखा कार्यालय उद्घाटन गरेको बैंकले जनाएको छ ।


क्लिकमान्डु