म्याक कफी अब नयाँ टिन प्याकमा उपलब्ध



काठमाडौं । मलेसियाको कफी ब्राण्ड म्याक कफीको आधिकारिक आयातकर्ता नेपाल इन्टरनेशनल बिजनेस प्रालिले नेपाली बजारमा नयाँ टिन प्याक भित्र्याएको छ ।

नेपाली उपभोक्ता माझ बढ्दै गइरहेको माग, रुची तथा ख्यातीलाई ध्यानमा राख्दै कम्पनीले बजारमा नयाँ टिन प्याकमा उत्कृष्ट म्याक कफि नेपाली बजारमा ल्याएको हो ।

विगत वर्षहरु देखि नेपाली बजारमा लोकप्रिय रहेको म्याक कफीको नयाँ प्याकीङ र स्वाद नेपाली उपभोक्ताहरुले मनपराउने विश्वास कम्पनीले लिएको छ ।

हाल नेपाली बजारमा म्याक कफीको थ्री इन वान इन्ट्यान्ट कफी, एगेमेरेट कफी, म्याक कफी टि मिक्स, म्याक सेरेल आदि विक्रि वितरण गर्दै आइरहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु