शाखारहित बैंकिङमा आक्रमक बन्दै ग्लोबल आइएमई बैंक



काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १, भालुचोकमा आफ्नो ५७ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त सेवाको लागि स्थानिय बीरेन्द्र कुमार योङ्गहाङ्गलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १०८ वटा शाखा, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५७ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।


क्लिकमान्डु