हुण्डाई नेक्ट जेन भर्नाले जित्यो इन्डिएन कार अफ दि एयर



काठमाडौं । हुण्डाईको नेक्ट जेन भर्नाले प्रख्यात इन्डिएन कार अफ दि एयर अवार्ड पाएको छ ।

यो अवार्ड भारतको अतिनै प्रतिस्पर्धी अटो बजारमा दिइने सबैभन्दा विश्वसनीय र सर्वोत्कृष्ट पुरस्कार भएको कम्पनीले दाबी गरेको छ ।

नेपालमा हुण्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले गर्दै आइरहेको छ । यो पुरस्कार वितरणगर्दा विशेषत गाडीको इञ्जिनियरिङ्ग, डिजाइन, प्रभावकारीता र सबैभन्दा माथि ग्राहक सन्तुष्टिलाई आधार बनाएको हुन्छ । यो सहित हुण्डाईले इन्डिएन कार अफ दि एयर अवार्ड ५ पटक जितिसकेको छ ।

विश्वभरि करिब ९० लाख ग्राहक संन्तुष्ट ग्राहक रहेको भर्ना एक उत्कृष्ट सेडान हुनुका साथै सर्वाधिक रुचाइएको गाडी हो । आकर्षक बनौट, अत्याधुनिक विशेषता तथा सुबिधा सम्पन्न यस कारले नेपालमा समेत एक नयाँ अध्याय लेख्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

भर्ना एक आरामदायी गाडी मात्र नभई उत्कृष्ट बनौट,शानदार प्रदर्शन, अत्याधुनिक प्रविधि, सुरक्षित निर्माणको उत्कृष्ट संगालो रहेको छ ।

नेपाली बजारमा हुण्डाइका सम्पूर्ण गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष निःशुल्क सर्भिसिङ्ग र १ आर्थिक वर्षको सवारी कर चुक्तासहित उपलब्ध छन् ।

नेपालमा सर्वाधिक विक्री हुने गाडीहरु मध्येमा पर्ने हुण्डाईका गाडीहरु न्यून संञ्चालन खर्च, बलियो विक्री संञ्जाल, ग्राहक मैत्री सुबिधा, विश्वसनीय विक्री पश्चातको सेवा र अत्याधुनिक सर्भिस सेन्टरको विशेषताले चर्चित छ ।


क्लिकमान्डु