किन विश्वमै चर्चित छ लण्डनको ‘क्रिसमस सेलिब्रेसन’



काठमाडौं । सन् २०१८ को सुरुवात हुन अब ६ दिनमात्र बाँकी रहेको छ । यस्तोमा नयाँ बर्षलाई उत्सवको रुपमा स्वागत गर्ने तयारीमा धेरै मानिसहरु लागिपरेका छन् । नयाँ वर्ष सुरु हुनु अघि क्रिस्चियन धर्मालम्बीहरु सबैलाई क्रिसमसको प्रतिक्षा हुने गर्छ ।

विश्वभर क्रिसमस भब्यताका साथ मनाइने गरिएको छ । नेपालसमेत यो उत्सव मनाउन बाट किन पछि हट्थ्यो र । नेपालका विभिन्न स्थानमा पनि क्रिसमस भब्यताका साथ मनाइने गरिन्छ ।

विश्वमै उल्लासमय पूर्ण रुपमा क्रिसमस मनाउने मूलुक मध्ये लण्डन सबैभन्दा अगाडी आउने गर्छ । लण्डनमा क्रिसमस यस्तो भब्यताका साथ मनाइन्छ कि त्यहाँको दृश्य मानिसले कल्पनागर्ने श्वर्गको भन्दा कुनै कम लाग्दैनन् ।

लन्डनमा क्रिसमस डे मनाउनको लागि मानिसहरु टाढा टाढाबाट आउने गर्छन् । यहाँ ‘क्रिसमस डे’को केही दिन अगाडीदेखि नै छुट्टि दिने गरिन्छ । यस दिन लन्डनको हरेक ठाउँ झिलीमिली बत्तीले भरिएको हुन्छ । लण्डनको व्यारेज आफ लाईटलाई हेर्दा लाग्छ पुरै लन्डन चम्किरहेको हुन्छ ।


क्रिसमस डेको दिन लन्डनमा सजाइने क्रिसमस ट्रि आर्कषक देखिन्छ । सबैको नजर यही अड्किएको भान हुन्छ । यस दिन लण्डनको ‘टावर ब्रिज’ को सुन्दरता कल्पना भन्दा निकै माथि रहेको अनुभव गर्न सकिन्छ ।

फोटो :बिभिन्न एजेन्सी


क्लिकमान्डु