एक करोड युनिट बिक्यो पल्सर मोटरसाइकल, अब नेपालमै उत्पादन



‘व्ल्याक प्याग पल्सर’

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा युवा माझ सबैभन्दा लोकप्रिय मोटरसाइकलको नाम हो पल्सर । बजाज इन्डियाको उत्पादन पल्सर नेपालमा मात्रै नभएर दक्षिण एसियाली बजारमा समेत निकै चर्चित रहेको छ ।

बजाज अटोले सन् २००१ बाट पल्सरको उत्पादन सुरु गरेको हो । कम्पनीले अहिलेसम्म १ करोड युनिट पल्सर बिक्री भएको जनाएको छ ।
१ करोड युनिट बिक्रीपछि कम्पनीले एक कार्यक्रम आयोजना गर्दै पल्सरको नयाँ सिरिज ल्याउने घोषणा गरेको छ ।

‘व्ल्याक प्याग पल्सर’ सिरिजको घोषणा गर्दै बजाज अटोको मोटरसाइकिल युनिटका प्रेसिडेन्ट एरिक वास भने ‘बजाज पल्सर विश्वको २५ देशमा बिक्री भइरहेको छ । हालै १ करोड ग्राहक पुग्दा हामी गौरब महशुस गरिरहेका छौ । यस उपलब्धिको खुसियाली साट्न र याद राख्न हामी ‘व्ल्याक प्याग पल्सर’ सिरिज ल्याउँदैछौ ।’

यी हुन् पल्सरका मोडल
१६ बर्ष अगाडि बजारमा आएको पल्सरले सुरुमा १५० सिसिको क्लासिकल मोडलबाट बिक्री वितरण सुरु गरेको हो । त्यसछि कम्पनीले क्रमश १८० सिसि, १३५ सिसि र २२० सिसिमा यसलाई ल्याएको हो ।

नेपालमा कहिले बाट ?
पल्सर नेपाली बजारमा सन् २००१ मा नै आएको बताउँछन् बजाजको नेपालको लागि आधिकारी वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छा ।

उनका अनुसार नेपालको कुनै यस्तो बाटो छैन जहाँ पल्सर नपुगेको होस् वा नभेटिएको होस् ।

‘बजाज नेपालमा धेरै मनपराउनुको पछाडिको मुख्य कारण यो जस्तोसुकै कठिन बाटोमासमेत सहजै जानसक्ने भएकाले हो । साथै बजाजले दुईपाङ्ग्रे सवारी साधनको लुक्समा नै परिर्वतन ल्यायो । यसको आर्कषक लुक्स, परर्फरमेन्स र उत्कृष्ट माइलेजले युवाको पहिलो रोजाई बनायो ।’ गोल्छाले सुनाए ।

नेपालमा आफ्नो सेग्मेन्टमा पल्सरसँग प्रतिस्पर्धा गर्ने कुनै मोटरसाइकल नभएको गोल्छाले दाबी गरे ।

यस्तोे आउँछ ‘व्ल्याक प्याग पल्सर’
२०१८ को सुरुवातमा नै ल्याउनलागिको ‘व्ल्याक प्याग पल्सर’ १५०, १८० र २२० एफमा कुनै पनि मेकानिकल परिर्वतन हुँदैन । तर, यसको डिजाइनमा भने केही परिर्वतन गर्ने कम्पनीले जानकारी दिएको छ ।

यी बाइकमा मेट ग्रे हाइलाईट्स र पूर्ण सेतो अलोहुइलको प्रयोग गरिएको हुने छ । यसको व्ल्याक प्रिन्ट निकै प्रिमियम हुने कम्पनीले दाबि गरेको छ ।

‘व्ल्याक प्याग पल्सर’

नेपालमा उत्पादन कहिले ?
बजाज अटो क्राफ्टले नेपालमा बजाजका मोटरसाइकल उत्पादन सुरु गरेको छ । निकै लामो समयदेखि उत्पादन सुरु हुने कुरा आएपनि उत्पादन सुरु हुन सकेको थिएन । अब भने बजाजको डिस्कभर उत्पादन सुरु भएको छ ।

अब छिट्टै बजाज १५० सिसिको उत्पादन सुरु गर्छौ बजाज अटो क्राफ्टका प्रबन्ध निर्देशक शेखर गोल्छाले क्लिकमाण्डुसँग भने ।

उत्पादन सुरु भएको १७ बर्षपछि नेपालमा नै बन्ने भएको छ, पल्सर वाईक । यसले मोटरसाइलका पारखिलाई नयाँ स्वाद दिन सक्ने छ ।


क्लिकमान्डु