फुडमाण्डूले शुरु गर्यो अनलाईन फुड फेस्टिबल, फेस्टिबलभर खाना निशुल्क डेलिभरी



काठमाडौं । अनलाइनमार्फत नेपालकै पहिलो खाना डेलिभरी गर्ने कम्पनी फुडमाण्डुले नेपालकै सबैभन्दा ठूलो अनलाईन फुड उत्सव ‘फुडमाण्डू अनलाईन फुड फेस्टिबल’ आयोजना गरेको छ ।

खुकुरी रमको प्रायोजन र समर्सबीको सहप्रायोजनमा आयोजना गरिएको यस उत्सव आज डिसेम्बर २२ देखि जनवरी ५ सम्म संचालन हुन गईरहेको कम्पनीले जनाएको छ ।

३३ विभिन्न सहभागी रेष्टुेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष मूल्यमा पस्किने बताईएको छ ।

‘यो उत्सवको मूख्य उद्देश्य भनेको काठमाडौ र ललितपुरका खानाका पारखीहरुलाई एकै ठाउँबाट विशेष परिकारहरु उहाँहरुकै स्थानमा तुरुन्तै उपलब्ध गराउनु हो,’ फुडमाण्डुका सिइओ मनोहर अधिकारीले भने ।

यस अवधिमा हरेक अर्डरमा एक बोटल कोका कोला र हरेक दिन ५० जना अग्रिम ग्राहकहरुले समर्सबी सित्तैमा प्राप्त गर्नेछ । साथै १ हजार रुपैयाँ भन्दा बढीको खाना अर्डर गर्नेले २ वटा कफीको कुपन पनि प्राप्त गर्नेछ । यो अवधि भर खाना अर्डर गर्नेलाई डेलिभरी शूल्क लाग्ने छैन ।

हरेक दिन सबभन्दा बढी मूल्यको खाना अर्डर गर्ने एक जना ग्राहकले र उत्सव भरि सब भन्दा बढी मूल्यको तथा सब भन्दा वढी पटक अर्डर गर्ने एक एक जना ग्राहकहरुले आकर्षक उपहार प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

 


क्लिकमान्डु