क्रिसमस र नयाँ बर्षको अबसरमा होटल क्राउन हिमालयजले ल्यायो छुटको अफर



काठमाडौं । पोखराको होटल क्राउन हिमालयजले नयाँ वर्ष र क्रिसमसलाई लक्षितगर्दै विभिन्न प्याकेज ल्याएको छ ।

होटलले सामान्य समयमा ४ हजार ५ सय रुपैयाँको डिलक्स रुमलाई मूल्य घटाएर ३ हजार ५ सय रुपैयाँमा उपलब्ध गराउने र ब्रेकफास्ट पनि दिने योजना ल्याएको हो ।

साथै, होटलमा बस्ने पर्यटकलाई पोखराका पर्यटकीय स्थलको अवलोकन पनि गराउने योजनासमेत ल्याएको छ। होटलका कार्यकारी निर्देशक आग्रह अर्यालका अनुसार पोखराको फेवाताल, सारङ्कोट, बेगनासताललगायत विभिन्न ठाउँको अवलोकन समेत गराउने बताए । तर, पर्यटकले त्यसका लागि थप पैसा तिर्नुपर्ने छ ।

धेरैजसो विदेशी तथा स्वदेशी पर्यटक नयाँ वर्ष तथा क्रिसमस नयाँ नयाँ ठाउँ घुम्न आउने भएकाले होटलले यस्तो प्याकेज ल्याएको अर्यालले बताए ।

होटलले पोखरा आउने पर्यटकलाई २ देखि ३ दिनसम्म राख्नका लागि नयाँ नयाँ गन्तव्यमा घुमाउन लैजाने योजना बनाएको छ ।

होटलले विदेशी भन्दा पनि स्वदेशी पर्यटकलाई केन्द्रमा राखेर यस्तो योजना ल्याएको हो । ‘अहिले पोखरामा विदेशीको तुलनामा स्वदेशी पर्यटकको सङ्ख्या बढ्को छ,’ अर्यालले भने, ‘स्वदेशी पर्यटकलाई आकर्षित गर्न हामीले यस्तो योजना ल्याएको हो ।’


क्लिकमान्डु