बेष्ट फाईनान्सले सिनर्जि फाईनान्सलाई अक्वायर गर्ने



काठमाडौं । बेष्ट फाईनान्सले सिनर्जि फाईनान्सलाई अक्वायर गर्ने सम्वन्धमा नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

सो सहमतिसंगै अब यो प्रकृयाले तिव्रता पाउने बेष्ट फाइनान्सले जनाएको छ ।

बढीमा ५ महिना भित्रै आवश्यक सवै प्रकृया सम्पन्न गरेर एकिकृत कारोवार प्रारम्भ गर्ने लक्ष्यको कार्यतालिका साथ कामको थालनी प्रारम्भ भैसकेको बताईएको छ ।

बेष्ट फाईनान्सले हाल १४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु