काठमाडौं उपत्यकामा रक्सी पसलः चन्द्रागिरीमा कर सस्तो, मध्यपूरमा महंगो



काठमाडौं । स्थानीय तहले केही करहरु आफैले निर्धारण गर्न पाउने संबैधानिक ब्यवस्था अनुसार मदिरा तथा सुर्तीजन्य बस्तुको विक्री वितरण गर्ने फर्म तथा पसलहरुको कर तोकिएको छ ।

काठमाडौं उपत्यकाभित्रका ११ वटा महानगरपालिका तथा नगरपालिकाहरुले तोकेको कर अनुसार मदिरा तथा सुर्तीजन्य बस्तुको विक्री वितरण गर्ने पसल संचालन गर्दा चन्द्रागिरी नगरपालिकामा सबैभन्दा कम र मध्यपूर ठिमी नगरपालिकामा सबैभन्दा बढी तिर्नुपर्ने देखिएको छ ।

भक्तपुर नगरपालिकाले श्रेणी अनुसार चुरोट तथा रक्सी व्यवसायीबाट कर उठाउने गरेको छ । नगरपालिकाले क श्रेणीका पसलहरुबाट बार्षिक १८ हजार रुपैयाँ, ख श्रेणी १२ हजार ५ सय रुपैयाँ र ग श्रेणीबाट ७ हजार ५ सय रुपैयाँ कर उठाउने गरेको छ ।

बूढानीलकण्ठ नगरपालिकाले ठूला र सानाको आधारमा वर्गिकरण गरेर चुरोट तथा रक्सीको कर उठाउने गरेको छ । नगरपालिकाकाले बार्षिक ५ लाख रुपैयाँभन्दा माथिको कारोबार गर्नेहरुबाट ५ हजार रुपैयाँ र ५ लाख रुपैयाँसम्मको २ हजार रुपैयाँ कर उठाउने गरेको छ ।

चन्द्रगिरि नगरपालिकाले श्रेणी अनुसार चुरोट तथा रक्सी व्यवसायबाट कर उठाउने गरेको छ । नगरपालिकाले क श्रेणीबाट ५ हजार रुपैयाँ, ख श्रेणी ३ हजार रुपैयाँ, ग श्रेणी १ हजार ५ सय रुपैयाँ, घ श्रेणी ७ सय रुपैयाँ र ङ श्रेणीबाट बार्षिक ५ सय रुपैयाँ कर उठाउने गरेको छ ।

दक्षिणकाली नगरपालिकाले मदिरा समेत विक्री गर्ने थोक बिक्रेताबाट २ हजार रुपैयाँ कर लिने गरेको छ ।

गोदावरी नगरपालिकाले चुरोट तथा रक्सी व्यवसायीबाट बार्षिक १० हजार रुपैयाँ कर उठाउने गरेको छ ।

कागेश्वरीमनहरा नगरपालिकाले मदिरा चुरोट व्यवसायीबाट बार्षिक ३ हजार रुपैयाँ कर लिने गरेको छ ।

यस्तै किर्तिपुर नगरपालिकाले रक्सी तथा चुरोट व्यवसायीबाट बािर्षक ३ हजार रुपैयाँ कर लिने गरेको छ ।

ललितपुर महानगरपालिकाले रक्सी तथा चुरोट व्यवसायीबाट ३ हजार ६ सय रुपैयाँ कर लिने गरेको छ ।

मध्यपुर ठिमी नगरपालिकाले श्रेणी अनुसार रक्सी तथा चुरोट व्यवसायबाट कर उठाउने गरेको छ । नगरपालिकाले क श्रेणीबाट १२ हजार ५ सय रुपैयाँ, ख श्रेणी ७ हजार ५ सय रुपैयाँ, ग श्रेणी ३ हजार ७ सय ५० रुपैयाँ, घ श्रेणीबाट १ हजार २ सय ५ रुपैयाँ र ङ श्रेणीबाट ९ सय ५० रुपैयाँ कर उठाउने गरेको छ ।

महालक्ष्मी नगरपालिकाले रक्सी तथा चुरोट व्यवसायीबाट न्युनत ७ सय ५० रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँसम्म कर लिने गरेको छ ।

नागार्जुन नगरपालिकाले स्वदेशी तथा विदेशी रक्सी विक्री गर्नेसँग २ दरमा कर दिने गरेको छ । नगरपालिकाले स्वदेशी रक्सी ७ हजार रुपैयाँ र विदेशी बिक्रेताबाट बार्षिक रक्सी ९ हजार रुपैयाँ कर लिने गरेको छ ।

काठमाडौं महानगरपालिकाले सानो, मझौला र ठूलो श्रेणी वर्गिकरण गरि रक्सी विक्रेतासँग कर उठाउने गरेको छ । महानगरपालिकाले सानोसँग ३ हजार रुपैयाँ र मझौला र ठूलोसँग ८ हजार रुपैयाँ कर उठाउने गरेको छ ।

टोखा नगरपालिकाले चुरोट तथा रक्सी पसलबाट २ हजार ५ सय रुपैयाँ कर उठाउने गरेको छ ।


क्लिकमान्डु