यूरोपको अर्थतन्त्रमा सुधारका सङ्केत



ब्रसेल्स । यूरोपमा गत नोभेम्बर महिनामा व्यापारमा बृद्धि भएको देखिएको छ । हालैमात्र गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ ।

युरोपमा गएको करिब डेढ दशकदेखि आर्थिक मन्दी आउनुका साथै रोजगारीका अवसरहरुमा पनि कमी आएको थियो ।

युरोपले रोजगारी सिर्जना दरका साथै आर्थिक क्रियाकलापहरुमा सुधार गरेको देखिएको उक्त आर्थिक सर्वेक्षणले देखाएको छ ।

आर्थिक क्षेत्रका विश्लेषकहरूका अनुसार यूरोप क्षेत्रको अर्थतन्त्र यसबर्षको अन्त्यसम्ममा बढाएको अध्ययनले देखाएको समाचारमा उल्लेख गरिएको छ ।

आर्थिक क्षेत्रको एक निकाय आईएचएस मार्किटले गरेको सो सर्वेक्षणको प्रतिवेदनमा  यूरोपको अर्थतन्त्रले सुधार गरेको देखाइएको छ ।

साथै यसले यूरोपबाट हुने भनिएको बेलायतको बहिर्गमनपछिको अवस्था पनि अबको युरोपेली अर्थतन्त्रले सामना गर्नसक्ने अवस्थमा पुगेको देखाएको बताइएको छ ।

यूरोप क्षेत्रको क्रयशक्ति निर्धारण सूचकाङ्कले दिएको सन्देशमा यहाँको व्यवसाय फस्टाउँदो अवस्थामा देखिएको उल्लेख छ ।

त्यसैगरी यूरोपको अर्थतन्त्रमा देखिएको सुधारसँगै रोजगारीका अवसरहरु पनि पहिलेको तुलनामा केही बढी दरमा सिर्जना भएका र व्यवसायिक कम्पनीहरूले माग अनुसारको उत्पादन गर्नसक्ने अवस्था देखिएको सो सर्वेक्षणले देखाएको छ ।

निकै लामो समयदेखि युरोपले सिंगो युरोपेली क्षेत्रमा नै आर्थिक मन्दीको समस्या ब्यहोर्दै आएको थियो । यसलाई सकारात्मक सधारको सङ्केतका रुपमा लिइएको बताइएको छ ।


क्लिकमान्डु