स्टाण्डर्ड चार्टर्ड बैंकले दियो सेयर धनीलाई बम्पर लाभांश, १०० प्रतिशत बोनस सेयर



काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई बम्पर लाभांश दिएको छ ।

बैंकले १०० प्रतिशत बोनस सेयर र त्यसका लाग्ने करको लागि ५.२६ प्रतिशत नगद लाभांश दिएको हो ।

४ अर्ब चुक्ता पुँजी रहेको बैंकले सतप्रतिशत बोनस सेयर दिने अनुमान सेयरधनी थियो ।

अघिल्लो वर्ष एफपिओ जारी गरेको रकमबाट आएको रिजर्ब र नाफाबाट चार्टर्डले सतप्रतिशत बोनस सेयर दिन सफल भएको हो ।

१०० प्रतिशत बोनस सेयर दिएर चार्टर्डले ८ अर्ब चुक्ता पुँजी पुर्याएको छ ।


क्लिकमान्डु