ओखलढुंगामा रामहरि पछाडि, प्रदेशसभामा पनि बाम उम्मेदवार नै अगाडि
काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको लागि मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा ओखलढुंगामा बामगठबन्धनका उम्मेदवारहरु नै अगाडि देखिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा एमालेका यज्ञराज सुनुवारले अग्रता लिइरहेका छन् । ओखलढुंगामा रहेका पत्रकार नबराज कार्कीले दिएको जानकारी अनुसार अहिलेसम्म बामगठबन्धनका उम्मेदवार यज्ञराज सुनुवारले ११०५१ मत ल्याएका छन् । नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाले १००८६ मत पाएका छन् ।
अहिले प्रतिनिधिसभाको मत गणना भएको क्षेत्र विगतमा खतिवडाले जितेको क्षेत्र र काँग्रेसको राम्रो पकड मानिने हुँदा खतिवडाले अग्रता लिने अनुमान गरिएको थियो । तर, साबिकको २ नम्बर प्रदेशको अब मानेभन्ज्याङ गाउपालिका मात्रै मत गन्न बाँकी रहेकोले खतिवडालाई चुनाब जित्न मुस्किल पर्ने देखिएको छ ।
सो जिल्लामा ६६ हजार मत खसेका थिए । अझै ३० हजारभन्दा बढी मत गन्न बाँकी रहेकोले यसले चुनाब जित्छ भन्न सक्ने अबस्था भने छैन ।
प्रदेशसभातर्फको कको मात्रै मतगणना भएको छ । खमा मतगणना सुरु भएको छैन । पत्रकार कार्कीले दिएको जानकारी अनुसार प्रदेशसभातर्फको कमा बाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले अम्बिरबाबु गुरुङले अग्रता लिइरहेका छन् ।
गुरुङले १०९६१ मत पाएका छन् भने काँग्रेस उम्मेदवार मित्रसेन दाहाल ६०३३ मतका साथ उनलाई पछ्याइरहेका छन् ।