चुनाबका दिन उडेनन् जहाज, यस्तो देखियो बिमानस्थल (फोटो फिचर)




काठमाडौं । दोस्रो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावका दिन आन्तरिक उडान प्रभावित भएका छन् । काठमाडौंबाट दैनिक ३ सय आन्तरिक उडान र अवतरण हुने गरेमा चुनावको दिन विमानस्थल खाली देखिएको छ ।

निजी वायुसेवा प्रदायकहरूको संगठन (आयोन) ले विज्ञप्तीनै निकाले उडान कटौति हुने जनाएको थियो । केही उडान हुने भनिए पनि विहान कुनै पनि उडान नभएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । आयोनमा हाल ८ वटा हेलिकप्टरसहित १५ वटा जहाज कम्पनी सदस्य छन् ।

सर्वाधिक आन्तरिक उडान भर्ने बुद्ध एयरले चुनावका दिन पोखरा र चितवनमा मात्रै उडान राखेको छ । बिहीबार पोखरा र चितवनमा गरी ६ वटा हाराहारी उडान तालिका छ ।

६ वटा जेटस्ट्रिमसहित सुगम रुटमा ८ वटा विमान उडाउँदै आएको यती एयरलाइन्सले पनि करिब ९० प्रतिशत उडान कटौती गरेको छ । यस कम्पनीका जहाजले दैनिक औसत ३० वटा उडान गर्छन् ।

त्यसैगरी टुइनअटर र डोर्नियर गरी ५ वटा विमान रहेको ताराले पोखराबाट जोमसोमका लागि एउटा र काठमाडौंबाट लुक्लाका लागि दुइटा मात्रै उडान राखेको छ ।

ताराका विमानले सामान्य दिनमा २० हाराहारी उडान गर्ने गरेको थियो । त्यसैगरी तीनवटा सीआरजे विमानमार्फत भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा रुटमा उडान भर्दै आएको श्री एयरलाइन्सले चुनावका दिन सबै उडान कटौती गरेको छ ।

दुईवटा सीआरजे विमानमार्फत भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा रुटमै दैनिक १६ वटा उडान भर्दै आएको सौर्य एयरलाइन्सले पनि पूरै उडान कटौती गरेको छ ।


क्लिकमान्डु