४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु, ४ हजार ४८० उम्मेद्वार प्रतिस्पर्धामा



फाइल

काठमाडौं । दोस्रो चरण अन्तर्गतको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज ४५ जिल्लामा मतदान हुँदैछ । आजको मतदानमा कुल १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता सहभागी हुने छन् ।

प्रतिनिधि सभाको लागि १६ सय ६२ उम्मेद्वार प्रतिस्पर्धामा छन् भने प्रदेश सभाका लागि २८ सय १८ उम्मेद्वार चुनावी मैदानमा रहेका छन् । दुबै जोड्दा ४ हजार ४८० नजा उमेद्वार प्रक्ष्येक्षमा प्रतिस्पर्धा गरिरहेका छन् ।

निर्वाचन आयोगका अनुसार आज भइरहेको निर्वाचनमा कुल १ लाख ५५ हजार कर्मचारी परिचालन भएका छन् । कुल ७ हजार ७ सय ५२ स्थनका लागि १५ हजार ३ सय ३३ मतदान केन्द्रको व्यवस्था मिलाइएको छ । जहाँ बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न सकिने छ ।

मतदान गर्न जाँदा निर्वाचनमा आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र वा नागरिकता, जग्गाधनी पुर्जालगायत फोटो सहितको सरकारी परिचयपत्र देखाएर मतदान गर्न सकिनेछ ।


क्लिकमान्डु