आरजुले शेरबहादुरलाई भोट नहाल्ने



काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचन बिहीवार हुन लागेको छ ।

यो पटकको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष उम्मेद्वार बन्नेमा प्रधानमन्त्री एव्म कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा आरजु राणा देउवा पनि हुन् ।

शेरबहादुर आफ्नो गृहजिल्ला डडेल्धुराबाट उम्मेद्वार छन् । उनी २०४८ पछि भएका सबै आम निर्वाचन जित्ने नेतामा पर्छन् । उनले डडेल्धुराबाट २०४८,२०५१,२०५६,२०६४,२०७० मा चुनाव जितेका छन् ।

शेरबहादुर देउवाकी पत्नी डा आरुजु २०६४ र २०७० सालमा समानुपातिक तर्फबाट सभासद् भएकी थिइन् । उनी यो पटक कैलालीको क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गरेकी छन् ।

निर्वाचन क्षेत्रमा घुम्न पर्ने भएको हुँदा आरजु डडेल्धुरा नजाने बताइएको छ ।


क्लिकमान्डु