माछापुछ्रे बैंकले ९ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । माछापुछ्रे बैंकको अठारौं वार्षिक साधारण सभाले आर्थिक बर्ष २०७३/७४को बार्षिक प्रतिबेदन गर्दै शेयरधनीलाई हालको चुक्तापूँजीको ९प्रतिशत वोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

हाल बैंकको चुक्तापूँजी ७ अर्व ३९ करोड रहेकोमा उक्त साधारण सभाले पारित गरे बमोजिम बोनस शेयर जारी गर्दा बैकको चुक्तापूँजी ८ अर्व ५ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले सोही अवसरमा नयाँबजार, पोखरा स्थित नयाँ एटीएम काउण्टरको समेत सञ्चालनमा ल्याएको छ ।


क्लिकमान्डु