यी हुन विश्वका ८ ठूला स्टक इन्डेक्स, जसको बजार पुँजीकरण खर्ब डलरभन्दा बढी छ




नेपाल स्टक एक्सचेन्जको इन्डेक्स विगत केही महिनायता १५ सयको हाराहारीमा घुमिरहेको छ । अहिले नेप्से इन्डेक्स पौने १८ खर्बको हाराहारीमा छ ।

तर, केही स्टक एक्सचेन्जहरुका इन्डेक्स धेरै ठूला छन् । दुनियाका सबैभन्दा ठूलो ८ ठूला इन्डेक्स यस्ता छन् ।

१. नासड्याकः न्यासड्याक स्टक इन्डेक्स एउटा अमेरिकन स्टक एक्सचेन्ज हो । जसको इन्डेक्सलाई नासड्याक इन्डेक्स भनिन्छ । न्यूर्योक स्टक एक्सचेन्जपछि मार्केट क्यापिटलाइजेसनका आधारमा नासड्याक विश्वको सबैभन्दा ठूलो स्टकमा पर्छ । जसको बजार पुँजीकरण ७ ट्रिलियन डलर बराबर रहेको छ ।

२. एस एण्ड पी ५००ः स्ट्यान्डर एण्ड पुअर्स ५०० एउटा स्टक मार्केट इन्डेक्स हो, जसले ५० बढी कम्पनीहरुको मार्केट क्यापिटलाइजेसनमा अधिकार जमाएको छ ।

यसमा यस्ता लिस्टेड कम्पनी रहेका छन्, जुन न्यूर्योक स्टक एक्सचेन्ज र नासड्याकमा पनि लिस्टेड छन् । एस एण्ड पी ५०० इन्डेक्सको कम्पोनेन्ट र उनीहरुको भ्याल्यूको निर्धारण एस एण्ड पी डाउजोन्स इन्डेकसबाट हुने गर्छ ।

स्ट्यान्डर एण्ड पूअर्सले १९२३ मा आफ्नो पहिलो स्टक इन्डेकस ल्याएको थियो । कम्पनीको अहिले २२.६ ट्रिलियन बजार पुँजीकरण रहेको छ ।

३. ड्याक्सः ड्याक्स एउटा ब्लू चिप स्टक मार्केट इन्डेक्स हो । जसमा कुल ३० जर्मनका कम्पनीहरु रहेका छन् । जसले फ्रैन्कफट स्टक एक्सचेन्जमा ट्रेडिङ गर्ने गछ्र्र । ड्याक्सबाट अडर बुक भोल्यूम र मार्केट क्यापिटलाइजेसनको आधारमा सबैभन्दा बढी ३० कम्पनीहरुको प्रदर्शनको आंकलन गर्ने गरिन्छ ।

ड्याक्स सन् १९८८ मा १००० अंकले बेस इन्डेक्स भ्यालुका साथ अस्तित्वमा आएको थियो । ड्याक्सका सदस्य कम्पनीहरुको बजार पुँजीकरण १ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

४. एफटीएसई १०० इन्डेक्सः एफटीएसई १०० इन्डेक्सलाई एफटीएसई १०० को नामबाट पनि चिनिने गर्छ । सामान्य भाषामा यसलाई फुट्सी पनि भन्ने गरिन्छ । यो इन्डेक्समा लन्डन स्टक एक्सचेन्जमा लिस्टेड १०० कम्पनीहरुको इन्डेक्स छ । यस इन्डेक्सलाई लन्डन स्टक एक्सचेन्ज ग्रुपको सब्सिडियरी एफटीएसाइ ग्रुपले सञ्चालन गर्ने गरेको छ ।

यस एक्सचेन्जको सुरुवात १९८४ जनवरी ३ मा १००० को बेस लेबलबाट भएको थियो । अहिले फुटसीको बजार पुँजीकरण १.९ ट्रिलियन डलर रहेको छ ।

५. क्याक ४०ः क्याक ४० फ्रान्सको एउटा स्टक मार्केट इन्डेक्स हो । यसमा पेरिस एक्सचेन्ज (जसलाई अहिले यूरोनेक्स्ट पेरिस नामले चिनिने गरिन्छ ।) मा लिस्टेड १०० कम्पनीहरुमध्ये सबैभन्दा महत्वपूण ४० कम्पनीहरु यसमा लिस्टेड छन् ।

यो पुरै यूरोपमा फैलिएको स्टक एक्सचेन्ज ग्रुप यरोनेक्स्टको सबैभन्दा महत्वपूर्ण इन्डेक्स हो । यसको सुरुवात १९८७ डिसेम्बर ३१ मा १००० अंकको बेस भ्यालुबाट भएको थियो । हाल यसको बजार पुँजीकरण १.२ ट्रिलियन डलर बराबर रहेको छ ।

६. निक्कीः जापानको निक्की २२५ लाई सामान्यतया निक्की नामबाट चिनिने गर्छ । यसलाई निक्की इन्डेक्स या निक्की स्टक एवरेज पनि भनिने गर्छ । निक्की टोकियो स्टक एक्सचेन्जको एउटा इन्डेक्स हो । यो समय निक्की कुनै पनि जापानी इक्विटीको लागि सबैभन्दा धेरै प्रयोग गरिने इन्डेकस बनेको छ । जुन डाउजोन्स इन्डस्ट्रियल एवरेज जस्तै रहेको छ । सन् १९७५ देखि १९८५ सम्म यो निक्की डाउजोन्स स्टक एवरेजको नामबाट नै चिनिन्थ्यो ।

निक्की सन् १९५० सेप्टेम्बर ७ मा सुरु भएको हो । सिंगापुर एक्सचेन्जमा निक्की सन् १९८६ मा सम्मिलित भएको थियो । द ओसाका सिक्युरिटीज एक्सचेन्जमा निक्की सन् १९८८ मा सम्मिलित भयो भने, सिकागो मर्केन्टाइल एक्सचेन्जमा निक्की सन् १९९० मा सम्मिलित भएको थियो ।

७. कोस्पीः कोरिया कम्पोजिट स्टक प्राइस इन्डेक्स (कोस्पी) लाई कोरिया स्टक एक्सचेन्जको नामबाट चिनिने गरिन्छ । जसरी अमेरिकामा डाउजोन्स इन्डस्ट्रियल एवरेज र एस एण्ड पी ५०० स्टक मार्केटको रिप्रिजेनटेटिभ रहेको छ, त्यसरी नै कोरियामा कोस्पी रहको छ । कोस्पी १९८३ मा १०० अंक बेस भ्यालुका साथ सुरु भएको हो ।

८. हेङ–सेङगः हेङ सेङ हङकङस्थित स्टक मार्केट इन्डेक्स हो । यसका ४८ कम्पनीहरुले हङकङ स्टक एक्सचेन्जको कुल मार्केट क्यापिटलाइजेसनको ६० प्रतिशत हिस्सा ओगटेका छन् ।

हेङ सेङ इन्डेक्सको सुरुवात सन् १९६९ नभेम्बर २४ मा भएको थियो । जसलाई एउटा हङ कङ बैकर्स स्टेनली क्वानले सुरु गरेका थिए । यो १०० अंकको बेस भ्यालुस्तरबाट सुरु भएको थियो । एजेन्सीको सहयोगमा


क्लिकमान्डु