धुलोमुक्त काठमाडौं बनाउने अभियान अन्योलमा, विद्यासुन्दरको क्लिन द सिटीलाई धक्का




काठमाडौं । काठमाडौं महानगरपालिको धुला मुक्त अभियान अन्योलमा परेको छ । महानगरले सहरलाई सफा बनाउनका लागि सडकको धुलो पखाल्ने र बढाल्ने योजना बनाएको थियो । सो योजना अनुरुप महानगरले ५÷५ वटा ब्रुमर (धुलो बढाल्ने मेसिन) र जेट (सडक पखाल्ने मेसिन) किन्ने तयारी गरेको थियो ।

तर, महानगले ब्रमुर र जेट खरिदका लागि माग गरिएको टेण्डरमा उपयुक्त प्रस्ताव पर्न सकेन ।

मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य र सडक विस्तारका कारण काठमाडौंबासी धुलोको मारमा छन् ।

धुलोलाई पखाल्ने तथा बढालेर सहरबासीलाई राहत दिनका लागि ब्रुमर र जेट खरिद प्रकृया महानगरले अगाडि बढाएको थियो ।

महानगले अव्हान गरेको टेण्डरमा उपयुक्त प्रस्ताव नपरेकाले खरिद प्रकृया अगाडि बढ्न नसेको महानगरको वातावरण विभाग प्रमुख हरि कुँबरले जानकारी दिए ।

‘ब्रुमरका लागि २ पटक र जेटका लागि एक पटक टेण्डर अव्हान गरियो, तर, कुनै पनि कम्पनीले उपयुक्त मुल्यमा प्रस्ताव पेस गर्न सकेनन्,’ कुँवरले क्लिमाण्डूसँग भने ।

हाल काठमाडौं महानगरसँग २ वटा ब्रुमर छन् । एउटा भारतबाट खरिद गरिएको र अर्को चीनबाट अनुदानमा पाएको हो । साथै, जेट मेसिन पनि ३ वटा छन् ।

ती ब्रुमर र जेट पुराना र जीर्ण छन् । बिहीबार महानगरले बागदरबार, सुनधारा, रत्नपार्क, शहिद गेट क्षेत्रमा ब्रुमरको प्रयोगले धुलो सफा गर्ने प्रयास गरेको थियो ।

महानगरसँग भएको ब्रुमरले चिल्ला सडकका मात्र धुलो उठाउन सक्ने कुँवर बताउँछन् ।

महानगरले चाढै नै ब्रमुर र जेट खरिद गर्ने अवस्था छैन । धुलो नियन्त्रण र पर्याप्त मात्रामा पानीको व्यवस्था गर्न महानगरलाई कठिन हुनेछ । जसका कारण विद्यासुन्दरको क्लिन द सिटी अभियानमा धक्का लाग्ने देखिएको हो ।

‘हामीसँग भएको ब्रुमर सफा सडकका धुलो उठाउन मात्र सक्षम छ, त्यसैले हामीले राम्रा सडकमा ब्रुमर चलाएका हौं,’ कुँवरले भने ।

मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य र सडक विस्तारका लागि खनिएको सडकबाट महानगरको ब्रुमरले धुलो उठाउन नसक्ने उनीले स्वीकार गरे ।

अहिलेका नयाँ ब्रुमरले उभरभावर सडकबाट पनि धुलो उठाउन सक्नेछन् । काठमाडौंका सडकको अवस्था नाजुक भएकाले नयाँ ब्रुमर खरिदका लागि प्रकृया अगाडि बढाएको उनी बताउँछन् ।

महानगरले सडकको धुलो ब्रुमरको सहयोगमा मात्र सफा गर्न नसक्ने अवस्था भएकाले ५ वटा जेट मेसिन पनि खरिद गर्न लागेको थियो । तर, जेटका लागि आव्हान गरिएको टेण्डरमा पनि कुनै उपयुक्त प्रस्ताव पर्न नसकेको कुँवर बताउँछन् ।

विद्यासुन्दरको ‘क्लिन द सिटी’ अभियानमा धक्का
महानगरका मेयर विद्यासुन्दर शाक्यले सहरलाई सफा र स्वच्छ बनाउने भन्दै ‘क्लिन द सिटी’ अभियान संचालन गरेका छन् । सो अभियान अन्तरगत महानगरले सडकका आइल्याण्डमा फूल, विरुवा, दुवो रोपिरहेको छ । साथै सडक किनारमा साकुरा फूल रोप्ने तयारी गरिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन् ।

हाल महानगरसँग भएको जेट मेसिन फूल तथा बोट विरुवमा पानी दिन सक्ने अवस्थाका छैनन् । महानगरले खरिद गर्न लागेका ५ वटा जेटमध्ये एउटा बोट विरुवामा पानी हाल्ने मेसिन थियो । जसको मद्दतले सहज रुपमा आइल्याण्ड र साकुरा फूलमा पर्याप्त मात्रामा पानी पुर्याउने अपेक्षा महानगरले लिएको थियो ।

टेण्डरमा उपयुक्त प्रस्ताव नपरेकाले महानगले चाढै नै ब्रमुर र जेट खरिद गर्ने अवस्था छैन । धुलो नियन्त्रण र पर्याप्त मात्रामा पानीको व्यवस्था गर्न महानगरलाई कठिन हुनेछ । जसका कारण विद्यासुन्दरको क्लिन द सिटी अभियानमा धक्का लाग्ने देखिएको हो ।

पुन टेण्डर गर्ने प्रकृयामा महानगर
महानगरका प्रवक्ता कार्कीका अनुसार महानगरको समितिले सिफारिस गरेको भन्दा २० देखि ३० प्रतिशत बढीमा बोलकबोल प्रस्ताव पेस भएको छ ।

‘खरिद ऐन अनुसार तोकिएको लागतभन्दा धेरै मुल्यमा प्रस्ताव पेश भएमा त्यो स्वतः खारेज हुन्छ, २० देखि ३० प्रतिशत बढी रकम देखिएकाले खरिद प्रकृया अगाडि बढाउन सकिएन,’ कार्कीले भने ।

सहरलाई धुलो मुक्त बनाउका लागि ब्रुमर र जेटको खाँचो छ । मुल्यमा केही हेरफेर गरेर पुन टेण्डर निकाल्ने गृहकार्यमा जुटिसकिएको उनले जनाए ।


क्लिकमान्डु