चुनावको मुखमा तीन दिन लगातार सार्वजनिक विदा



काठमाडौं |शुक्रबारदेखि लगातार ३ दिन सार्वजनिक विदा परेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेपछी निर्वाचनको मुखमा लगातार विदा परेको हो ।

मुस्लिम धर्माबलम्बीहरुका गुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वेसल्लमको जन्म दिन (बाह्र रव्विउल) को अबसरमा बिदा दिन निर्णय गरिएको गृहमन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । शनिवार नियमित सार्वजनिक विदा र आइतवार उधौली पर्व परेकाले यस्तो विदा परेको हो ।

यस्तै सरकारले क्रिममस डे (२५ डिसेम्बर) मा पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । २५ डिसेम्बर आगामी पुस १० गते सोमबार पर्छ । सो दिन पनि सार्वजनिक विदा हुने भएको हो ।

सार्वजनिक विदाको दिन नेपालभरका सबै सरकारी कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरुमा समेत सार्वजनिक विदा हुनेछ ।

यसैबीच विहिवार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीको अवसरमा समेत सार्वजनिक विदा दिने निर्णय गरेको उप प्रधानमन्त्री कमल थापाले जानकारी दिएका छन् । अघिल्लो सरकारले पृथ्वी जयन्तीको विदा कटौती गर्दा विवादित बनेको थियो ।


क्लिकमान्डु