अमेरिकालाई उत्तर कोरियाको झड्का फेरी गर्यो मिसाइल परीक्षण



बुधवार विहानै उत्तर कोरियाली टेलिभिजनमा एक सुन्दरी समाचार वाचिका हसिलो मुहारमा उपस्थित भइन ।

उनले कोरियाली भाषामा भनिन् आज एउटा ठूलो खुसीको समाचार म सुनाउन गइरहेको छु । आज हामी शस्त्र अस्त्रमा सम्पन्न हुन गइरहेका छौ ।
उत्तर कोरियाली सञ्चार माध्यम केसिएनएमा उनले सो घोषणा गरेको एकाध सेकेन्डमा नै ठूलो आगोको ज्वाला सहितको मिसाइल विस्फोटको आवाज सहितको दृश्य लाइभ भनेर देखाइयो ।

उत्तर कोरियाले आज परिक्षण गरेको उक्त मिसाइल अन्तर महादेशिय ब्यालेस्टिक मिसाइल हो । उत्तर कोरियाको सरकारी टेलिभिजनकाअनुसार आज हामीले सफलता हासिल गरेका छौ ।

हुसोङ १५ नाम दिइएको उक्त मिसाइल असाधारण शक्ति सहितको रहेको जनाइएको छ । उक्त मिसाइल जापानी जलक्षेत्रमा खसेको थियो ।

कुल ४ हजार ४७५ किलोमिटर उचाईमा पुगेको उक्त मिसाइल अमेरिकाको न्यूयोर्क र वासिंटन डिसीसम्म मार हान्न सक्ने क्षमताको रहेको छ । समाचार संस्थाहरुकाअनुसार ९५० किलोमिटरको यात्रा ५३ मिनेटमा गरेको थियो ।

उत्तर कोरियाली नेता किम जोङ ऊनले आज असाध्यै ठूलो सफलता हासिल भएको बताएका छन् ।

उनले अमेरिकी प्रभुत्ववादको अन्त्यका लागि समेत आणविका कार्यक्रम जरुरी रहेको बताएका छन् । उत्तरको उक्त परिक्षणपछि जापानी प्रधानमन्त्री सिन्जो आवेले आपतकालिन रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

उता दक्षिण कोरियाली सरकारको पनि आपतकालिन बैठक बोलाइएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक बोलाउने विषयमा समेत छलफल भइरहेको बिबिसिले जनाएको छ । अमेरिकी रक्षासचिव जेम्स माथिसले उत्तरको पछिल्लो परिक्षणका बारेमा विहंगम छलफल हुने र थप र रणनीति तयार गरिने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हामी उसबाट कसरी सुरक्षित रहने भन्नेमा छलफल भइरहेको बताएपनि ठोस प्रतिक्रिया भने दिएका छैनन् ।


क्लिकमान्डु