१० वर्षको वारेन्टीसहित सिजीका वासिङ्ग मेसिन बजारमा



काठमाडौं । जाडोमा ग्राहकलाई सुबिधा दिन सिजी इलेक्ट्रोनिक्सले १० वर्षे वारेन्टी भएको वासिङ्ग मेसिन बजारमा ल्याएको छ ।

सिजीले आफ्नो ग्राहकको माग र चाहनालाई ध्यानमा राख्दै विभिन्न आकर्षक स्वरुप तथा विशेषता भएको वासिङ्ग मेसिन ल्याएको जनाएको छ । जसमा मोटरमा १० वर्षवारेण्टी रहेको छ भने वाटर म्याजिक क्युब र वासर रहेका छन् ।

जसको सहयोगले केवल एक बटम थिचेर आफ्नो सबै घरको धुलाई सजिलैसँग धुने र सुकाउने झनझट विनागर्न सक्नु हुनेछ । वाटर म्याजिक क्युब अन्र्तगत सुपर वैङ्स र वाटर क्युब ड्रम रहेका छन् ।

यसको प्रयोगले अन्य वासिङ्ग मेसिनभन्दा ३३% कम पानीको खपतमा लुगा सफा हुने छ । जसको प्रयोगले कम खर्चमा लुगा सफागर्न सकिने छ ।


क्लिकमान्डु