सहर विकास गर्न सरकारले एडिबीसँग १५ अर्ब रुपैयाँ सहयोग लिने



काठमाडौं । सहरको विकास गर्नको लागि सरकारले एशियाली विकास बैंकसँग १५ अर्ब रुपैयाँ लिने भएको छ ।

बुधवारको मन्त्रीपरिषद्को बैठकले एडिबीको सहायता स्विकार गर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद्को बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहरी क्षेत्रको विकासको लागि १५० मेलियन अमेरिकी डलर स्विकार गर्ने निर्णय भएको जानकारी दिए ।


क्लिकमान्डु