हामीले राज्यलाई गतवर्ष ७ अर्ब ८८ करोड राजस्व तिर्यौ : चौधरी ग्रुप



काठमाडौं । व्यवसायिक घराना चौधरी ग्रुपले राज्यलाई गतवर्ष ७ अर्ब ८८ करोड रुपैयाँ राजस्व तिरेको जनाएको छ ।

नेपालका एकमात्र डलर अर्बपति विनौद चौधरीको चौधरी ग्रुपले जारी गरेको विज्ञप्तीमा आर्थिक वर्ष २०७२÷७३ को तुलनामा ४० प्रतिशत बढी राजस्व तिरेको भनिएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा राज्यलाई ५ अर्ब ५९ करोड रुपैयाँ राजस्व तिरेको ग्रुपले आन्तरिक राजस्व विभागले गर्ने सम्मानमा व्यवसायिक घरानाको विषय नसमेटिएको जनाएको छ ।

चौधरी ग्रुपका अनुसार आर्थिक वर्ष २०७२/७३ मा ग्रुपले कुल राजस्वमा १.४८ प्रतिशत योगदान गरेको र गत आर्थिक वर्षमा १.५९ प्रतिशत योगदान गरेको छ ।

ग्रुपले जारी गरेको विज्ञप्तीमा राष्ट्रिय कर दिवसका सन्दर्भमा विभिन्न समूहबाट अधिक कर बुझाउने व्यक्तिका रुपमा सम्मानित करदाताहरुलाई चौधरी ग्रुपका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै राज्यद्वारा यसरी गरिने वर्गीकरण र सम्मानले करदातालाई राष्ट्रिय अर्थतन्त्रमा सघाउन र विकास प्रक्रियामा योगदान दिनका लागि उत्प्रेरित गर्ने उल्लेख गरेको छ ।

चौधरी ग्रुपका शेयरधनीहरुले लाभांश लिनुअघि कम्पनीले नै ऐन अनुसार राजस्व तिर्ने गर्दछ । राजस्व तिरिसकेपश्चात् मात्र लाभांश प्राप्त गर्ने हुनाले शेयरधनीहरुले राजस्व तिरेपनि व्यक्तिगत करको रुपमा प्रतिविम्वित हुने गरेको ग्रुपले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु