बेहुली साडी विस्थापित गर्दै लेहेंगा, मूल्य १९ हजारदेखि ९५ हजारसम्म




काठमाडौं । मंसिर सुरु भएसँगै नै कुपनडोल र बागबजारका बुटिकहरुमा विवाहको समयमा लगाउने साडी र लेहेंगा किन्ने महिलाहरुको घुइचो बढेको छ । बुटिकहरुमा पनि बिबाहमा बेहुलीले लगाउने गरेका विभिन्न डिजाइका आकर्षक लेहेंगा तथा साडी देख्न पाइन्छ ।

पहिला पहिला बिबाह बेहुलीले विशेष गरी साडी लगाउँथे । अहिले बेहुलीले साडी मात्र नभइ लेहेंगा पनि लगाउन थालेका छन् ।

अहिले बजारमा बेहुलीले लगाउने साडी तथा लेहेंगाको मूल्य १९ हजार रुपैयाँदेखि ९५ हजार रुपैयाँसम्म रहेको छ । मंसिर महिना कै कारण एक जनाले ९५ हजारसम्मको ब्राइडल कपडा अडर अनुसार किन्ने गरेको कुपन्डोलस्थित यासिन सिदिक्यूकी सञ्चालक बिनिसा मान्नधर बताउछिन् ।

यो ब्राइडल लेहेंगा सेट भेलभेटको हो । बोडरमा सबै हातले बुनेको डिजाइन राखिएको यो लेहेंगाको मूल्य ९५ हजार रुपैयाँ रहेको बिनिसा मान्नधरले बताइन् ।

माथी देखाइएको यो ब्राइडल लेहेंगाको मूल्य ८५ हजार रुपैयाँ छ । यसमा राउन्ड बोडर राखिएको र हेभी बुटा भएको बिशेष गरी दुलहीको लागि बनाइएको यो लेहेंगा भेलभेटको हो ।

तस्बिरमा रहेको ब्राइडल वेर ज्याकेट एण्ड स्कर्टको मूल्य २५ हजार रहेको छ । बिशेष गरी बेहुलीको लागी भनी डिजाइन गरिएको यो ड्रेसमा नेट मटेरियल सितारा भरिएको छ । यसमा लेस प्रयोग गरिएको र बोडरमा स्टोन र मिररको प्रयोग गरी कोइम्याजिन बुटिकका विक्रेता बिष्णु गौतमले बताए । यो कपडामा भएको डिजाइन सबै हातले नै भरिएका हुन् ।

माथि तस्बिरमा देखाइएको यो ब्राइडल लेहेंगा चोली भेलभेट मटिरियलमा बनेको हो । यसमा कारचिपी, जर्मक, कोरा र स्टोनहरु राखिएको छ । हातले नै बुनिएको यो लेहेङगा चोलीको मूल्य करिब ४० हजार रुपैयाँभन्दा बढी पर्ने ड्रिम्स वेरकी मन्जु ढकालले बताइन् ।

यो ब्राइडल साडीको मूल्य १९ हजार रुपैयाँ पर्छ । यसमा भरिएका सबै बुट्टाहरु हातले नै बनाइएको न्यू मोनालिसाकी विक्रेता सन्जु खड्कीले बताइन् ।

तस्बिरमा देखाइएको साडी बनारसी साडी हो । यसलाई विशेष गरी नेवारी समुदायका महिलाहरुले विवाहमा लगाउने गर्छन् । यसको सेटनै किन्नु पर्दा २५ हजार रुपैयाँभन्दा माथि पर्ने विक्रेता खड्की बताउछिन् ।


क्लिकमान्डु