पुँजीवादले विश्वमा बर्चस्व जमाएपनि मार्क्सका यी ४ बिचार अझै सान्दर्भिक छन्




काठमाडौं । २०१७ मा रुसी क्रान्तीको शताब्दी मनाउदै छ । तर, जसको सोच र बिचारले यो क्रान्ती भयो । के ती व्यक्तिका कुराहरु आज पनी उतीकै महत्वका साथ लिइने गरिन्छ ? यो मुख्य बिषय हो ।

हुन त जर्मन दार्शनिक कार्ल मार्क्सले ति सबै शताब्दीमा धेरै कुरा लेखे । तर, आज पनि त्यस कुरामा कुनै विवाद भएको छैन । उनको दुईवटा कृती ‘कम्युनिस्ट घोषणा पत्र’ र ‘दास क्यापीटल’ ले एक समयमा कयौं देश र करोडौँ मानिसहरुमा राजनितिक र आर्थिक रुपमा निर्णयात्मक असर पारेको थियो ।

रुसी क्रान्ती पछि सोवियत संघको उदय यस कुराको प्रमुख उदाहरण थियो । कसैले यो कुरा अस्विकार गर्न सक्दैन की २० औँ शताब्दीको इतिहासमा समाजवादी शिविरले ठूलो प्रभाव पारेको छ । तथापी जसरी मार्क्स र एङगेल्सले लेखेका थिए । त्यसैगरी साम्यवादीलाई फुटाउन सकेको थिएन ।

अन्तत समाजवादी शिविर रोकियो र पूँजीवादले लगभग यो पूरै संसारलाई ढाक्यो । आउनुहोस जानौँ माक्र्सका ती चार बिचार ज्ुन साम्यवादको असफल्ताका बावजूद आज पनि प्रसंनीय बनेका छन् ।

१. राजनितिक कार्यक्रम
‘कम्यूनिष्ट घोषणापत्र’ र आफ्ना अन्य लेखहरुमा माक्र्सले पूँजीवादी समाजमा ‘वर्ग संघर्ष’ को कुरा लेखेका छन् । कसरी अन्तिममा संघर्षमा सर्वहारा वर्गले पुरै विश्वमा बुर्जुवा वर्गलाई हटाएर सत्ता कब्जा गर्ने छन् ।

आफ्नो सबैभन्दा प्रसिद्ध कृति ‘दास क्यापीटल’ मा उनले आफ्नो यी बिचारहरुलाई असाधै तथ्यात्मक र वैज्ञानिक तरिकाले विश्लेषण गरेका छन् ।

उनको प्रतिष्ठित जीवनी लेखक ब्रिटेनका फ्रांसिस व्हीन भन्छन् ‘माक्र्सले सर्वग्राही पूँजीवाद विरुद दार्शनिक तरिकाले तर्क राखे जसले पुरै मानव सभ्यतालाई दास बनाएको छ ।’

२० औँ शताब्दीमा मजदूरहरुले रुस, चीन, क्यूबा र अन्य देशहरुमा शासन गर्नेहरुलाई हटाए र निजी सम्पती र उत्पादनका साधनहरुमा कब्जा गरे ।

ब्रिटेनको स्कूल अफ इकोनोमिक्समा जर्मन इतिहासकार अलब्रेख्त रिसल भन्छन् ‘विश्वव्यापीकरणको पहिलो आलोचक थिए मार्क्स । उनले विश्वमा बढ्दो असमानता प्रति चेतावनी दिएका थिए ।’

२००७-०८ मा आएको विश्वव्यापी मन्दीले एक पटक फेरी उनको बिचारलाई सान्दर्भिक बनायो ।

२. मन्दी पुन आउनु
पूँजीवादका ‘पिता’ एडम स्मिथको ‘वेल्थ अफ नेशन’ को विपरी मार्क्सको बिचार थियो की बजारलाई चलाउनको लागि कुनै अदृश्य शक्तिको भुमिका हुने गर्दैन । बरु उनी भन्छन् ‘मन्दी फेरी फेरी आउनु तय छ र यसको कारण पूँजीवादमा नै निरभर छ ।’

अलब्रेख्तका अनुसार ‘पूँजीवाद पूरै सकिने बेलासम्म यो निरन्त चलिरहने छ ।’

१९२९ मा शेयर बजार धेरै गुणाले घटेको थियो र त्यसपछि आउने झटका २००७-०८ मा चरम तहमा पुगिसकेको थियो । जब विश्वका वित्त बजारमा अभूतपूर्व संकट आएको थियो ।

विशेषज्ञ भन्छन् ‘हुन त यी संकटहरुको प्रभावले ठूला उद्योगहरुको सट्टा वित्तीय क्षेत्रमा बढी प्रभाब परेको थियो ।’

३. अमूल्य लाभ र एकाधिकार
मार्क्स सिदान्तको एउटा महत्वपूण पक्ष हो ‘अतिरिक्त मूल्य’ । यो त्यो मूल्य हो जुन एउटा मजदूरले आफ्नो मजदूरी बाहेक अन्यबाट कमाउने गर्छ ।

मार्क्सका अनुसार समस्या यो हो की उत्पादनले मालिकलाई अतिरिक्त रकम लिने गर्छ । र, सर्वहारा वर्गको पैसामा आफ्नो फाइदालाई बढीभन्दा बढी रुपमा बढाउन सहयोग गर्छ ।

त्यसरी पुँजी एक ठाउँ र केही मानिसहरुको हातमा पुग्ने गर्छ । र, जसको कारण बेरोजगारी बढ्छ र कामदारमा कमी आउने गर्छ । यसलाई आज पनि देख्न सकिन्छ ।

ब्रिटिश म्यागेजिन ‘द इकोनमिस्ट’ को हालैको विश्लेषणका अनुसार पछिल्लो २ दशकमा अमेरिका जस्ता देशहरुमा मजदूरहरुको तलब स्थिर भएको छ । जब कार्यकारी अधिकृतहरुको तलब ४० देखि ११० गुनाले वृद्धी भएको छ ।

४. विश्वव्यापी करण र असमान्ता
हुन त मार्क्सको जीवनी लेखक फ्राँसिस व्हीन भन्छन् ‘पूँजीवादले आफ्नो चिहान आफै खोज्छ । मार्क्सको यो कुरा गलत हो । तर यसको उल्टो मात्र भएको छ । साम्यवाद सकियो अर्कोतर्फ पूँजीवाद सर्वव्यापी भएको छ ।

तर, पेरिस विश्वविद्यालयका दर्शन प्रोफेसर र माक्र्सवादी बिचारक जैक्स रैन्सियरको भनाइ अनुसार ‘चीन क्रान्तीको कारणले स्वतन्त्र भएका शोषित र गरिब मजदूरहरुको आत्महत्याको कंकालमा ल्याएर राखिए छ । ताकी उनीहरु पश्चिमी सुख सुविधामा रहुन । आज पनि चीनको पैसाले अमेरीका चलेको छ नत्र अमेरिका सखाब हुने थियो ।’

जती नै मार्क्स आफ्नो भविषयवाणीमा असफल भएपनि पूँजीवादको वैश्विकरण नै अन्तराष्ट्रिय अस्थिरताको मूख्य कारण बन्ने छ । र, २० औँ र २१ औँ शताब्दीको वित्तीय संकटहरुले पनि यस्तो नै देखाएको छ ।

यसै कारण गर्दा विश्वव्यापीकरणको समस्याहरुमा भएका बहसमा मार्क्सवादको कुरा घरी घरी दोहोरीने गर्छ । बीबीसी हिन्दीबाट


क्लिकमान्डु