असोज मसान्तमा ५१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन



काठमाडौं । आन्तरिक राजस्व विभागले असोज मसान्तमा लक्ष्य अनुसार राजस्व संकलन गरेको छ ।

असोज मसान्तसम्ममा ५१ अर्ब ३३ करोड राजस्व संकलन लक्ष्य रहेकोमा ५१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

शीर्षकगत रूपमा आयकर तर्फ २० अर्व ७३ लाख ८२ हजार, मूल्य अभिवृद्धि कर रु. १८ अर्व ३२ करोड २७ लाख ५२ हजार र अन्तःशुल्क तर्फ रु. १२ अर्व ८१ करोड ९३ लाख ३८ हजार संकलन गरेको छ ।

शिर्षकगत राजस्वमा आयकरको लक्ष्य पुगेको छैन भने भ्याट र अन्तशुल्कमा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ ।

यस्तै शिक्षा तर्फ २० करोड २२ लाख ८४ हजार र स्वास्थ सेवा तर्फ २७ करोड ७९ लाख ५७ हजार संकलन भएको छ । शिक्षा सेवा र स्वास्थ्य पनि लक्ष्य अनुसार राजस्व संकलन भएको छैन ।

यो आर्थिक वर्षमा आन्तरिक राजस्व विभागलाई २ खर्व ९९ अर्व ९१ करोड ३७ लाख ४५ हजार लक्ष्य तोकिएको छ ।

कात्तिक ८ गते आन्तरिक राजस्व विभागमा आयोजित मासिक समीक्षा कार्यक्रममा महानिर्देशक किशोरजंग कार्कीले आर्थिक वर्षको शुरुका २ महिना राजस्व संकलनमा केही समस्या भए पनि अहिले लक्ष्य पूरा गरेकोमा सवै कर प्रशासनमा काम गर्ने कर्मचारीहरुलाई बधाई दिए ।


क्लिकमान्डु