प्याराग्लाइडिङ बन्द गर्ने पोखरा महानगरको चेतावनी



काठमाडौं । पोखरा महानगरपालिकाले प्याराग्लाइडिङ बन्द गर्ने चेतावनी दिएको छ । पटक पटक ताकेता गर्दा पनि प्याराग्लाइडिङ व्यवसायीले ३ वर्षदेखि कर नतिरेको भन्दै महानगरले त्यस्ता व्यवसायीलाई प्याराग्लाइडिङ सञ्चालन गर्न नदिने चेतावनी दिएको हो ।

महानगरपालिका कर अधिकृत शिवहरी शर्माका अनुसार प्याराग्लाइडिङ व्यवसायीहरुले १ करोड ५० लाख रुपैयाँ कर बुझाउन बाँकी छ । महानगरले कर नबुझाउने व्यवसायीको संस्था नवीकरण गरेको छैन ।

‘हामी व्यवसाइलाई केही दिनको अन्तिम म्याद दिन्छौं, अब पनि कर नतिरे महानगरले प्याराग्लाइडिङ उडानमै रोक लगाउने भएको छ,’ उनले भने ।

महानगरपालिकाको राजस्व परामर्श समितिको बुधबार बसेको बैठकमा प्याराग्लाइडिङ व्यवसायीले कर नतिरेको विषय गंभीरताका साथ उठेको थियो । समितिका सदस्यहरुले बक्यौता कर उठाउन कडा हुनुपर्ने धारणा राखेका थिए ।


पुष्प दुलाल