पर्यटकीय नगरीका १० सस्ता होटल, कुन होटलमा कतिमा पाइन्छ कोठा ? (मूल्यसहित)




काठमाडौं । पर्यटक स्तरका होटल भन्ने वित्तिकै महंगो हुन्छ भन्ने भान हुन हुने गरेको छ । कम पैसामा कहाँ होटल पाईन्छ भनेर सबै खोजि रहेका हुन्छन् ।

तर, नेपालमा राम्रा पर्यटक स्तरका होटलमा नै १ हजार २ सय देखि ३ हजार रुपैयाँ सम्ममा राम्रा होटल बस्न पाइन्छ भन्ने धेरै थाहा नहुन सक्छ । ट्रिप एड्भाजरीले केही समय अगाडी नेपालका सस्ता तर राम्रा होटलहरुको सूचि सार्वजनिक गरेको छ ।

१, होटल क्रिष्टल प्यालेस


पोखराको लेकसाइडमा रहेको होटल क्रिष्टल प्यालेसमा पनि २ हजार ५ सय १० रुपैयाँमै बस्न पाइन्छ । लेक साइड क्षेत्रको चर्चित होटलमा पर्ने उक्त होटल पनि नेपालीहरुको लागि राम्रो छनोट हुनसक्छ ।

२, होटल सिल्भर होम

काठमाडौंको ठमेलमा रहेको होटल सिल्भरमा एक रातको १ हजार ३ सय ५३ रुपैयाँमै बस्न पाइन्छ । तातो तथा चिसो पानी यट्याच बाभ रुम सुविधा रहेको होटलमा रहेको छ ।

३, ड्रिम नेपाल होटल एन्ड अर्पाटमेन्ट

काठमाडौंको ठमेलमा रहेको ड्रिम नेपाल होटल एन्ड अर्पाटमेन्ट होटलको एक रातको २ हजार ८ सय ९४ रुपैयाँ खर्र्च गर्ने हो भने विदेशी पर्यटकले पाउने सेवा सुविधा सहित बस्न पाइन्छ ।

४, होटल ट्रेकर्स इन

पोखरामा रहेको होटल ट्रेकर्स इन मा १ हजार २ सय रुपैयाँ विदेशी पर्यटकले बस्न पाउने सेवा सुविधामा बस्न पाइन्छ ।

५, काठमाडौं इको होटल

काठमाडौंको ठमेलमै रहेको इको होटलमा एक रातको ३ हजार रुपैयाँमा सेवा सुविधा सहितका रुम पाइन्छन् ।

६, होटल फेमिली होम

काठमाडौैंको ठमेलमा रहेको होटल फेमिली होममा १ हजार ४ सय ४१ रुपैयाँ खर्च गर्ने हो भने एक रात बस्न पाइन्छ ।

७, होटल हिमालयन इन

पोखरामा रहेको होटल हिमालयन इनमा एक रातको १ हजार ६ सय ७३ रुपैयाँ खर्च गर्ने हो भने विदेशी पर्यटकै सेवा सुविधामा बस्न पाइन्छ ।

८, होटल व्लु होराइजन

काठमाडौको ठमेलमै रहेको होटल व्लु होराइजनमा एक रातको १ हजार २ सय रुपैयाँमै एक रात बस्न सकिन्छ ।

९, काठमाडौं होम होटल

काठमाडौैंको होम होटलमा पनि एक रातको २ हजार ५ सय रुपैयाँमा मात्रै तिरेमा सुविधा सहित बस्न सकिन्छ ।

१०, जंगल सफारी लज

चितवनको सौराहमा रहेको जंगल सफारी लजमा एक रातको जम्मा २ हजार ५ सय ३७ रुपैयाँ मात्रै खर्च गरे पुग्छ । जहाँ विदेशी पर्यटकलाई दिइने सवै सेवा सुविधा नेपालीले पनि पाउने गर्दछन् ।


क्लिकमान्डु