अर्थसचिवमा शंकर अधिकारी



काठमाडौं । मन्त्रीपरिषद्ले अर्थसचिवमा शंकर अधिकारीलाई पठाएको छ ।

अर्थमन्त्रालयमा सचिव रहेका शान्तराज सुवेदीले अवकास पाएपछि सरकारले अधिकारीलाई अर्थमन्त्रालयमा पठाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सचिव रहेका अधिकारी मुख्य सचिवको दौडमा थिए ।

अर्थसचिव पदेन राष्ट्र बैंकको संचालक समिति सदस्य हुने व्यवस्था छ ।

यस्तै गृहमन्त्रालयमा मोहनकृष्ण सापकोटालाई सचिव बनाएर पठाउने निर्णय मन्त्रीपरिषद्ले गरेको छ ।

उनी सामान्य प्रशासन मन्त्रालयमा थिए । सामान्यमा सचिव हुँदा उनको विभागिय मन्त्री टेकबहादुर बस्नेतसँग कर्मचारी सरुवाको विषयमा विवाद भएको थियो ।


क्लिकमान्डु