लोकसेवाले माग्यो ८० सहसचिव र २६९ उपसचिव



काठमाडौं । लोक सेवा आयोगले सहसचिव ८० र उपसचिव २६९ जना माग गरेको छ ।

आयोगले विगत केही वर्षको तुलनामा बढी आवेदन माग गरेको हो ।

कर्मचारी समायोजन विधेयक २०७४ पारित भएको ४ दिनपछि आयोगले राजपत्रांकित प्रथम र द्धितिय (सहसचिव र उपसचिव) पदमा आवेदन दिन आग्रह गर्दै भर्ना आह्वान गरेको हो ।

व्यवस्थापिका संसद बैठकबाट यही असोज २१ गते पुरानो दरबन्दीमा नयाँ विज्ञापन गर्न पाउने व्यवस्था गरी विधेयक पारित गरेपछि आयोगले आज भर्ना आह्वान गरेको हो ।

आयोगले अप्राविधिक तथा प्राविधिक तथा स्वास्थ्य सेवाका लागि ११ औं र नवौं तहका लागि आन्तरिक प्रतिस्पर्धा, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको लागि विज्ञापन गरेको छ ।

विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणीमा गरिएको विज्ञापनको लिखित परीक्षा कार्यक्रम फरक फरक मितिमा राखिएको छ ।


क्लिकमान्डु