पूर्वमन्त्रीले जिते वडा सदस्य



काठमाडौैं । स्थानीय तह निर्वाचनको मैदानमा विभिन्न खालका व्यक्ति उम्मेद्वार बनेका थिए । मन्त्री बनेका व्यक्तिपनि वडा सदस्यको उम्मेद्वार बनेका थिए ।

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बिना विभागिय मन्त्री भएका राजलाल यादव सिराहको भगवानपुर गाउँपालिको वडा सदस्य सदस्यमा निर्वाचित भएका छन् ।

यादव भगवानपुर गाउँपालिकाको वडा नम्बर ३ बाट सदस्यमा निर्वाचित भए । उनले ८७८ मत ल्याए । जिल्ला समन्वयन समितिमा जानको लागि यादव वडा सदस्यको चुनाव लडेका थिए ।

संघिय समाजवादीको केन्द्रीय सदस्य रहेका यादव जिससको सभापति बन्छन् या बन्दैनन् त्यो हेर्न भने अझै केही साता कुर्नुपर्छ ।


क्लिकमान्डु