गैर कानूनी रुपमा हटाइएको भन्दै खड्काले अदालतमा मुद्दा दायर गरे,पेशी दशैंपछि



काठमाडौं । मन्त्रीपरिषद्ले पदमुक्त गरेका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का सर्बोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

मन्त्रीपरिषद्को सोमबार भएको बैठकले खड्कालाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

खड्काले आफुलाई मन्त्रीपरिषद्ले हटाउने निर्णय संविधान विपरित भएको भन्दै  मुद्दा दायर गरेका हुन् ।

०७५ साल माघ १२ सम्म आफ्नो म्याद रहेको भन्दै सरकारले प्रष्टिकरण राख्ने मौकापनि नदिएर अन्यायपूर्वक हटाएको दाबी गरेका छन् ।

सर्बोच्च अदालतमा नियमित पेशी अब दशैंपछि मात्र हुने छ । घटस्थापनादेखि तथा मातहतमा अदालतमा बन्दी प्रत्यक्षीकरणको मात्र सुनुवाई हुने गर्छ । त्यसैले खड्काको मुद्दाको पेशी दशैंबिदापछि मात्र तोकिने छ ।


क्लिकमान्डु