शुरुभयो वीरगञ्ज महानगरपालिकाको मतगणना



वीरगन्ज । प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकामा मतगणना शुरु भएको छ ।

सर्वदलीय बैठक ढिलो गरी बसेका कारण मतगणनामा ढिलाइ भएको हो । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ ।

वीरगञ्ज महानगरपालिका– १ स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना शुरु गरिएको प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए।

पर्सामा १४ स्थानीय तह रहेको छ । एक महानगरपालिका, तीन नगरपालिका र १० वटा गाउँपालिकाको मतदाता संख्या दुई लाख ८० हजार २१२ रहेकामा दुई लाख एक हजार ७५२ मत खसेको जिल्ला  निर्वाचन कार्यालयले जनाएको छ ।


क्लिकमान्डु